सेनामा भर्ती गरिदिने भन्दै लाखौं रकम असुल्ने सातजना नेपालगन्जबाट पक्राउ

नेपालगन्ज जेठ २१ । गोर्खा राइफल्स अन्तर्गत भारतीय सेनामा भर्ती गरिदिने भन्दै लाखौं रकम असुल्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जको होटल वाटिकाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । भर्तीका नाममा रकम लेनदेन भइरहेको सूचनाका आधारमा राति ११ बजे प्रहरीले होटलका कोठामा खानतलासी गरेको थियो ।

Buddha International Hospital

Advertise with us

प्रहरीले दुईजना महिलासहित पूर्र्व भारतीय गोर्खा सैनिकलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुबाट ३८ लाख रकम समेत बरामद गरेको छ । प्रहरीले अहिले घटनाबारे अनुसन्धान गरिरहेकाले नाम भने गोप्य राखेको छ ।