उपमहानगरद्वारा २२ जना युवालाई कम्प्युटर तालिम

Advertise with us

घोराही, २१ जेठ | घोराही उपमहानगरपालिकाले वडा भित्रका २२ जना युवाहरुलाई कम्प्युटर तालिम दिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा मिड वेष्टर्न टेक्निकल भोकेस्नल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले वडाका २२ जना युवायुवतीहरुलाई एक महिने आधारभुत कम्प्युटरको तालिम दिएको हो ।

Buddha International Hospital

Advertise with us

गएको बैशाख ६ गतेबाट सुरुभएको तालिमको आज समापन गर्दै सहभागिताहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । रिसर्च सेन्टरका कार्यकारी प्रमुख वसन्त श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष भरतमणि अर्यालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि तालिमको समापन गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कम्प्युटरको सिप विना कुनै पनि काम अघि बढाउन नसकिने भन्दै प्राबिधिक शिक्षा आजको आबस्यकता भएको बताएका छन् । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सिपलाई व्यवहारमा लागु गरेर प्रविधीको क्षेत्रमा प्रगति गर्न प्रशिक्षार्थीहरुलाई सुझाब दिनुभयो ।

कम्प्युरको सिप अहिले अपरिहार्य भएको भन्दै यसको ज्ञान विना प्रगति हुनै नसक्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भरतमणि अर्यालले समय अनुसारको सिप, दक्षतामा पूर्णता ल्याउन प्रविधीको बिषयमा जानकार हुनै पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक भिम गिरी, अमर अधिकारी, पत्रकार नविन अभिलाषी, प्रशिक्षार्थी जमुना राना मगरले कम्प्युटरको सिप जीवनमा अपरिहार्य भएकोमा जोड दिनुभयो ।।