मन्त्री गिरीद्धारा प्रदेश स्तरीय नर्सरीको अध्ययन

Advertise with us

घोराही, २१ जेठ । जिल्लामा हाल स्थापित भएका २ वटा डिभिजन वन कार्यालयहरु मध्ये हाल देउखरीको लमहीमा स्थापना भएको देउखुरी डिभिजन वन कार्यालय निकट भविश्यमा गढवामै स्थानान्तरण हने प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनु भएको छ ।

वन क्षेत्रहरु वढी भएको र चोरी तस्करीका हिसावले संबेदनशिल नाकाक्षेत्रहरु दक्षिण देउखुरी क्षेत्रमा पर्ने भएकोले पनि दक्षिण देउखुरीको केन्द्र गढवामा डिभिजन कार्यालय रहनु सान्दर्भिक मानिन्छ–मन्त्री गिरीले भन्नुभयो । देउखुरीको गढवामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको लगानीमा सव डिभिजन वन कार्यालय गढवामा निर्माणकार्य पुरा भएको प्रदेश स्तरिय हाइटेग वन नर्सरीको अध्ययन अनुगमन गर्न मंगलवार गढवामा आउनु भएका मन्त्री गिरीले यस्तो बताउनु भएको हो ।

Buddha International Hospital

यसअघि गढवामा आएको बेला स्थानीय सामाजिक अभिन्ताहरुले सव डिभिजन वन कार्यालय गढवामा आवश्यक रहेको माग राखेको कुरा आफूलाई ताजै स्मरण भएको र प्रयास पनि गरेको तर त्यसअघि नै संघिय सरकारले लमहीका लागि निर्णय गरिसकेकोले सो निर्णय बदल्न नसकिएको उहाँले बताउनु भयो । संघ र प्रदेशका ऐनहरु ब्निसकेपछि भौगोलिक संबेदनशिलताको हिसाबले पनि स्थानीयहरुको माग बमोजिम सो कार्यालय दक्षिण देउखुरीमा आउने कुरामा मन्त्री गिरिले बिश्वाँस दिलाउनु भयो ।

Advertise with us

यसैविच गढवा गाउँपालिका कार्यालयमा भेटघाटको क्रममा पस्नुभएका मन्त्री गिरीले गाउँपालिकाका अध्यक्ष सहजराम यादवसंग कुराकानी गर्दै सामुदायिक वन समूह र वन कार्यालयसंग समन्वय र सहकार्यमा सहयोग गर्न आव्हान गर्नुभयो । दक्षिण देउखुरी क्षेत्रमा ९३ वटा सामुदायिक वन समूहहरु रहेको र पश्चिम राजपुरको अड्बरुवा देखि गढवाको भौरीसाल सम्म २८ बढी नाकाहरु नेपाल भारत सिमासंग जोडिएका छन्, ति स्थानहरु स्वभावैले काठ तष्करी तथा वन्यजन्तु चोरी निकासीका लागि संबेदनशिल क्षेत्रहरु हुन् त्यसैले पनि दक्षिण देउखुरीमै डिभिजन वन कार्यालय रहनु आवश्यक छ–संरक्षणको क्षेत्रमा निरन्तर लागिरहनु भएका संरक्षण अभियन्ता उमाकान्त पन्तले मन्त्री गिरीसंग भन्नुभयो ।

गढवाको बजार विचमा रहेका सरकारी जग्गाहरुमा औद्योगिक क्षेत्रको बिकास गर्न आवश्यक रहेको र त्यसमा वन मन्त्रालयको ध्यान जानुपर्ने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताउनु भयो । संवेदनशिल चुरे क्षेत्रको संरक्षणका लागि वन मन्त्रालयको ध्यान जानुपर्ने र देउखुरीमान उत्पादन हुने लोपोन्मुख अवस्थामा पुगेका बहुमुल्य प्रजातिका काठ बिजयसाल र सतिसाल संरक्षणको आवश्यकता रहेको अनौपचारिक कार्यक्रममा उपस्थित स्थानीयहरुले मन्त्री गिरीसंग अनुरोध गरे ।

मन्त्री गरि संगै प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ता, सव डिभिजन वन कार्यालय गढवाका प्रमुख शिबकुमार महतो,संरक्षण अभियन्ता उमाकान्त पन्त, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सदस्य रामप्रसाद गैरे,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य,वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा र इलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरिराज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।