वडा नम्बर ५ ले चुम्यो भलिवल प्रतियोगिता

शिवु खनाल

Buddha International Hospital

देउखुरी, जेठ २१ । लमहीमा जारी प्रथम मेयरकप भलिवल प्रतियोगिता वडा नम्बर ५ ले चुम्न सफल भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरमा पहिलो पटक नगर स्तरीय पुरुष मेयरकप भलिबल प्रतियोगिता मंगलवार फाईनल खेलमा वडा नम्बर १ लाई पराजित गर्दै वडा नम्बर ५ ले चुम्न सफल भएको हो भने वडा नम्बर ४ ले तिृतिय स्थान हासिल गरेको छ ।

Advertise with us

यस्तै प्रतियोगितामा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले, उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ५ र १ का वडाध्यक्षले संयुक्त रुपमा प्रथम स्थान हासिल गर्न सफल वडा नम्बर पाचँका भलिवल टिमलाई तिस हजार, द्धितिय स्थान हासिल गर्न सफल वडा नम्बर १ लाई बिस हजार र तिृतिय स्थान हासिल गर्न सफल वडा नम्बर ४ लाई दश हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र हस्तान्त्रण गरिएको हो । कार्यक्रममा रेफ्रीलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख कुलबहादुर केसीले विषय हुने सम्पूर्ण खेलाडिहरु प्रति शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, वडा नम्बर १ का वडाध्यक्ष नुमराज सुबेदी, रेफ्रि रविन्द्र जिसी, पत्रकार लागएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण पुष्पराज अधिकारीले गर्नु भएको थियो ।