दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु


घोराही, २१ जेठ । दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको एक जना बिरामी भएका छन् । राजपुर गाउँपालिका ४ मोतिपुरकी १७ बर्षीया प्रमिला यादवलाई सर्पले टोक्दा मृत्यु भएको हो ।


मंगलवार बिहान स्कुल जाने क्रममा सर्पले टोकेको र सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा उपचारका क्रममा मृत्यु भएको प्रमिलाका बुवा सिताराम यादवले जानकारी दिए ।  विद्यालयमा हिजोआज बिहानी कक्षा सञ्चालन भएको र बिद्यालय जानलाई गोठबाट साईकल निकाल्ने क्रममा सर्पले टोकेकोथियो । प्रमिला राजपुर गाउँपालिका ३ शंकर माबि खदरियामा कक्षा १०मा अध्ययनरत भएको बताईएको छ ।

Blog Post Ad


यसैबीच तुलसीपुरमा सर्पको टोकाईबाट एक बालक विरामी भएका छन् । तुलसीपुर उपमहानगरपालिका ६ रजौरामासल्यान छत्रेश्वरी गाउँपालिका१ दमाचोर घर भएका १५ बर्षीय रिजन बिकलाई सर्पले टोकेको हो । घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *