देउखुरीबाट भित्रिन्छ गुणस्तरहिन दुध, घोराहीका डेरी सञ्चालकले कटुवा खोलाबाटै फिर्ता पठाए

नवीन अभिलाषी
दाङ, जेठ २१ । पटक पटक सचेत गराउँदा पनि देउखुरी क्षेत्रबाट गुणस्तरहिन दुध भित्रिन नरोकिए पछि घोराहीका डेरी व्यवसायी तथा सञ्चालकहरुले मंगलबार देउखुरीबाट आएको दुध फिर्ता पठाएका छन् । दुई वटा गाडीबाट घोराहीमा भित्रिन थालेको देउखुरीको दुधलाई कटुवा खोलाबाटै फिर्ता गराएका हुन् ।

एक वर्ष भन्दा लामो समय देखि देउखुरी क्षेत्रबाट गुणस्तर हिन दुध भित्रिदै आएको डेरी व्यवसायी संघका अध्यक्ष इश्वरीप्रसाद उपाध्यायले बताउनुभयो । पटक पटक उनीहरुलाई सचेत बनाउँदा पनि गुणस्तरहिन दुध भित्रिने क्रम नरोकिएपछि दुध ल्याउने गाडीहरु नै फिर्ता गराईएको उहाँले बताउनुभयो ।

Buddha International Hospital
Advertise with us

आफुहरुलाई यहाँको प्रहरी प्रशासनले गुणस्तरहिन बस्नु विक्रि वितरण गरेको भन्दै चपेटामा पार्ने तर बाहिरबाट आउने दुध नै गुणस्तर हुने कुरा प्रहरी प्रशासनले थाहा नपाउने भएपछि व्यवसायीहरुले नै गुणस्तरहिन दुध फिर्ता गराईएको उहाँले बताउनुभयो । दुई वटा गाडीमा राखेर घोराही ल्याउँदै गरिएको २ हजार लिटर भन्दा बढि दुधलाई फिर्ता गराईएको उहाँले जानकारी दिनुभयो ।

देउखुरीका विभिन्न क्षेत्रका कृषकहरुबाट संकलन गरेर घोराहीमा दुध विक्रिका लागि ल्याएको राजपुरका कृषक शिवकमार यादवले बताउनुभयो । उहाँले कृषकहरुले नै गुणस्तरहिन दुध संकलन केन्द्रमा ल्याउने गरेको बताउनुभयो । दुध परिक्षण गर्दा दुध (ल्याक्टो) को मात्रा शुन्य भएपछि त्यस्ता दुधले घोराहीको बजार विग्रने भएकाले सचेत भएर गाडी फिर्ता गरिएको डेरी सञ्चालकहरुले बताएका छन् ।

सोमबार घोराहीमा भएको प्रशासनको अनुगमन टोलीले डेरी पसलहरुमा विक्रि वितरण गर्ने दुग्धजन्य बस्तुहरुमा दुधको समस्या रहेको बताएका थिए । देउखुरीबाट दुध नआउने भएपछि घोराहीमा दुध दहिको सामान्य अभाव हुने डेरी व्यवसायी संघका अध्यक्ष उपाध्यायले बताउनुभयो ।