सिंगो गाउँमा बाख्रापालन

Advertise with us

शिवु खनाल
देउखुरी, जेठ २१ । नगरकै नमुना बस्ती, वनसँग जोडिएको गाउँ । चारै तिर हरियो वनको क्षेत्र रहेको भुभाग । बाख्रापालनको पकेट क्षेत्रमा पहिलो गाउँ । बाख्रापालनको लागि प्रसस्त हरियो स्याउला र घाँस भएको गाउँ हो, लमही नगरपालिका ८ र ९ नम्बर वडा । बोयर जातको पहिलो पकेट क्षेत्र । यी वडामा कृषकहरुले बोयर जातका बाख्राहरु प्रसस्त रुपमा व्यावसायिक हिसाबले बाख्रापालन गर्दै आएका छन् ।

लमही नगरपालिका वडा नम्बर ८ निवासी सिता चौधरीले बोयर जातका बाख्रापालन गर्दै आउनु भएको छ । चौधरीले विगत पन्ध्र वर्षदेखि बोयर जातका बाख्रापालन गर्दै आएको बताउनुभयो । ‘पन्ध्र वर्ष पुरा भयो बोयर जातको बाख्रापालन गर्दै आएको । घरमा बोयर जातका विस वटा बाख्रहरु छन्’ चौधरीले भन्नुभयो, ‘बाख्रापालनबाट घर खर्च देखि लिएर अन्य विविध खर्च यसै बोयर जातका बाख्रापालनबाट धानेको छु । घर नजिकै वन छ । विहान बेलुका वनमा बाख्रा चराउन जान्छु । आम्दानी पनि सोचेको भन्दा राम्रो हुन्छ ।, यही व्यवसाय बाट मेरो जिवनस्तरमा सुधार आयो ।’

Buddha International Hospital
Advertise with us

बोयर जातका बाख्रापालन कृषकहरुलाई आर्थिक रुपले सम्पन्न बनाउनका निम्ती एक दिने बोयर बाख्रापालन तालिमको आयोजना गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । कृषकहरुको जीवन स्तर र समृद्धिको लागि लमही नगरपालिका विभिन्न शिर्षकमा तालिम तथा गोष्ठीको अभियान चलाएको बताउदै, जिवन यापनको लागि सीप आवश्यक हरेको बताउनुभयो । नगर प्रमुख केसीले सुखि नेपाली, समृद्ध नेपाल देशको नारालाई पच्छ्याउदै, कृषकहरुले आफ्नो कामलाई गौरब गर्न सक्नुपर्ने बताउनुभयो ।

यस्तै लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालयले एक दिने बोयर बाख्रापालन तालिममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगिले नगरका प्रत्येक कृषकहरुको लागि विभिन्न तालिम संचालन गरि व्यवसाय तिर उन्मुख गराई कृषकहरुको जिवन स्तरमा सुधार ल्याउने बताउनुभयो ।

एक दिने बोयर बाख्रापालन तालिममा लमही नगरपालिका वडा नम्बर ८ र ९ नम्बर वडामा बोयर जातका बाख्रापालन गर्दै आएका कृषकहरु सय भन्दा बढि तालिममा सहभागि जनाएका छन् । तालिमको प्रशिक्षकमा लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने रहनु भएको थियो । कृषक अम्बर कवर (नविन) को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।