लमहीमा प्रभु बैंकको शाखा

घोराही, २१ जेठ | प्रभु बैंकले लमहीमा आफ्नो शाखा बिस्तार गरेको छ । बैंकले १८१ औँ शाखाका रुपमा सेवा बिस्तारका क्रममा शाखा स्थापना गरेको हो । शाखाको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

बैंकका प्रादेशिक प्रमुख सुनिल राणाको अध्यक्षतामा शाखाको उद्घाटन गरिएको हो । बैंकले प्रदान गर्ने सुविधाको बारेमा प्रदेश ५ का प्रमुख सुवास कुँवरले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण महेन्द्र श्रेष्ठले गर्नुभएको थियो । प्रभु बैंकसंगै बिकास र बाणिज्य बैंक गरी लमहीमा १६ वटा बैंकका शाखा कार्यालय सञ्चालन भएका छन् ।