प्रदेश सरकारको आधुनिक कृर्षिमा जोड

कृषि अनुदानका लागि १८४ आवेदन सम्झौता

जीतसागर जी.एम.
दाङ, २१ जेठ ।

Advertise with us
प्रदेश नम्बर पाँचमा अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । परम्परागत कृर्षि खेती गरिरहेका किसान भन्दा आधुनिक प्रविधिको प्रयोगले खेती गर्ने किसानको संख्या कमि नै छ । कृर्षि क्षेत्रलाई उत्पादनमा वृद्धि गर्न प्रदेश नम्बर पाँचको सरकारले कृषि आधुनिकीकरण ल्याउने प्रयास गरेको छ । कृर्षिलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले कृषक तथा कृषक समुहलाई अनुदान दिन थालेपछि किसानहरु पनि कृर्षिपेशातर्फ आर्कषित हुन थालेका छन् ।

Buddha International Hospital

पहाडी जिल्ला ६ र तराईका ६ गरि १२ जिल्ला रहेको प्रदेश नम्बर पाँचमा अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । तर आधुनिक प्रविधिबाट कृर्षि गर्ने कृषकको संख्या भन्ने कमि नै छ । प्रदेशमा परम्परागत कृर्षि पेशा अंगालदै आएका किसानलाई आधुनिकतातर्फ लैजान प्रदेश सरकारले कृषक समुह, कृर्षि सहकारी संस्था, कृषि फारम, कृर्षि उद्यमीका लागि १२ वटै जिल्लामा अनुदानको व्यवस्था ल्याएको छ ।

कृर्षिका लागि उपयुक्त मानिने प्रदेश नम्बर पाँचमा आधुनिक कृषि पेशामा कृषकको संख्या बढाउन कृषि प्रविधि तथा व्यवसायीक कृर्षिका लागि अनुदान कार्यक्रम ल्याएको हो । व्यवसायीक रुपमा कृषि तथा कृर्षिलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारबाट अनुदान पाउनका लागि ५ हजार ५ सय ३२ निवेदन परेका छन् भने १ सय ८४ आवेदन सम्झौता भएका छन् ।

प्रदेश सरकारले परम्परागत भन्दा पनि आधुनिक कृषि व्यवसायका लागि कृषि यान्त्रीकरणमा बढी जोड दिएको छ । किसानले कृषि प्रविधिका लागि ५० देखि ७५ प्रतिशत छुट पाउने कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । ‘प्रदेश सरकारले कृषि अनुदानको व्यवस्था गरेपछि कृषकहरु पनि उत्साहित देखिएका छन् , परम्परागत कृषि भन्दा पनि प्रविधियुक्त कृषिमा कृषकको आकर्षण बढ्दै गएको छ ।’उनले भने ।

कृषि अनुदानका लागि प्रदेश नम्बर पाँचको सरकारले १० करोडको अनुदानको व्यवस्था गरेको छ भने कृषि यान्त्रीकरण मात्रै ३० करोडको अनुदान रहेको छ । साना किसानले ४ देखि ८ लाख सम्म अनुदान प्राप्त गर्न सक्छन् भने कृषक समुह तथा कृषि सहकारीले ६ लाखदेखि २० लाख सम्म अनुदान पाउने भएका छन् ।।