तुलसीपुर—१३ मा एम्बुलेन्स


तुलसीपुर, २१ जेठ /

विकट वडालाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमाल्याएको एम्वुलेन्स वडा नम्वर १३ फुलवारीलाई हस्तान्तरण गरिएको छ । सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यअनुसार एम्वुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखाप्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । शाखाप्रमुखदाहालकाअनुसार हस्तान्तरण गरिएको एम्वुलेन्स वडाले आफ्नै मातहतबाट सञ्चालन गर्नेछ । विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले ३ वटा वडामा एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले यो भन्दा अगाडि वडा नम्वर १ र १९ माएम्वुलेन्स हस्तान्तरण गरिसकेको छ ।

Buddha International Hospital
Advertise with us

वडामा सर्वसुलभ दरमा एम्वुलेन्स सञ्चालनहुने भएपछि स्थानीयवासीहरु निकै खुसीभएका छन् । ‘वजारबाट आउँदा सम्मविरामीको अवस्थानिकै खराव भइसकेको हुन्थ्यो अव धेरै सजिलो हुने भयो ’ स्थानीयशारदा खत्रीले बताइन् । उनले एम्वुलेन्स सेवामहंगो भएकाकारणले गर्दा सामान्यजनताले उपयोगगर्न नसकेको समेत जानकारी दिइन् । ‘ सस्तो दरमा छुट सहित सेवापाउने भएपछि गरिव भएपनिवाचिने भइयो भन्ने लागेको छ ’ अर्का स्थानीयविरवहादुर पौडेलले खुसीव्यक्त गरे ।
एम्वुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्वस्थ रहनपाउने जनताको अधिकार रक्षाकालागिएम्वुलेन्स हस्तान्तरण गरेको वताए । उनले एम्वुलेन्समा सुत्केरी, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सम्म छुट दिएको समेत जानकारी दिए । ‘अव कसैले पनि छिटो उपचार हुन सकेन भनेर जीवनगुजार्नु पर्ने छैन’नगरप्रमुख पाण्डेले भने ।

कार्यक्रममा वडाध्यक्ष डम्वर न्यौपानले एम्वुलेन्स वुझ्दै विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले एम्वुलेन्स हस्तान्तरण गरेकोमाखुसीव्यक्त गरे ।।