अब फुलवारीका स्थानीयले एम्वुलेन्स सेवा पाउने भए

Advertise with us

तुलसीपुर, जेठ २० । विकट वडालाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको एम्वुलेन्स वडा नम्वर १३ फुलवारीलाई हस्तान्तरण गरिएको छ । सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्य अनुसार एम्वुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

शाखा प्रमुख दाहालका अनुसार हस्तान्तरण गरिएको एम्वुलेन्स वडाले आफ्नै मातहतबाट सञ्चालन गर्नेछ । विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले ३ वटा वडामा एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले यो भन्दा अगाडि वडा नम्वर १ र १९ मा एम्वुलेन्स हस्तान्तरण गरिसकेको छ ।
वडामा सर्वसुलभ दरमा एम्वुलेन्स सञ्चालन हुने भएपछि स्थानीयवासीहरु निकै खुसी भएका छन् । ‘वजारबाट आउँदा सम्म विरामीको अवस्था निकै खराव भइसकेको हुन्थ्यो अव धेरै सजिलो हुने भयो ’ स्थानीय शारदा खत्रीले वताइन् । उनले एम्वुलेन्स सेवा महंगो भएका कारणले गर्दा सामान्य जनताले उपयोग गर्न नसकेको समेत जानकारी दिइन् । ‘सस्तो दरमा छुट सहित सेवा पाउने भएपछि गरिव भएपनि वाचिने भइयो भन्ने लागेको छ’ अर्का स्थानीय विरवहादुर पौडेलले खुसी व्यक्त गरे ।

Advertise with us
एम्वुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्वस्थ रहन पाउने जनताको अधिकार रक्षाका लागि एम्वुलेन्स हस्तान्तरण गरेको वताए । उनले एम्वुलेन्समा सुत्केरी, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सम्म छुट दिएको समेत जानकारी दिए । ‘अव कसैले पनि छिटो उपचार हुन सकेन भनेर जीवन गुजार्नु पर्ने छैन’ नगरप्रमुख पाण्डेले भने ।
कार्यक्रममा वडाध्यक्ष डम्वर न्यौपानले एम्वुलेन्स वुझ्दै विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले एम्वुलेन्स हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

Buddha International Hospital