हिंसा रोक्न सामाजिक संरचना र सोच परिवर्तन आवस्यक


तुलसीपुर, जेठ २० । महिला माथी हुने हिंसा रोक्न सामाजिक संरचना र सोँच परिवर्तन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको महिला हिंसाको अवस्था र चुनौती विषयक न्यायीक समितिका पदाधिकारीसंग १ दिने कार्यशाला गोष्ठीमा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक माया आचार्यले न्यायीक समितिले प्रक्रियामा गएर महिलाका विभिन्न खालका विवादहरु समाधान गर्दै आएको बताउनुभयो । उपमहानगरपालिकामा मेलमिलाप गर्ने छुट्टै कोठा नहुँदा काम गर्न कठिनाई भएको उहाँले भन्नुभयो ।

Blog Post Ad

बबई गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सावित्री विकले न्यायीक समितिमा कर्मचारी अभावका कारण कार्यविधि अनुसार सिस्टममा जान नसकेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा गत वर्ष ७० मुद्धा मध्ये सबै समाधान गरिएको थियो । यस्तै यस वर्ष अहिलेसम्म ५४ मुद्धा भएको र ति मुद्धाहरु प्रक्रियाको क्रममा रहेका छन । बबई गाउँपालिकामा सम्बन्ध विच्छेदका विवादहरु धेरै आउने गरेको उहाँको भनाई छ ।

Blog Post Ad

दगिंशरण गाउँपालिका न्यायीक समिती सदस्य हिरा चौधरीले गएको १ वर्षमा सोचे भन्दा बढी विवादहरु आएको र त्यस विचमा न्यायीक समितीमा १ कर्मचारीको अन्तै सरुवा भएपछि विवाद मिलाउन समस्या भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा देवानी सम्बन्धी विवाद धेरै आउने गरेका छन् ।

कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्यले देशमा ३ तहको सरकार आए पनि महिला हिंसा नरोकिएको बताउनुभयो । उहाँले महिलामैत्री सोँच र चिन्तनमा आधारित सोँचका साथ अघि बढ्नुपर्ने बताउनुभयो । हिंसाको प्रमुख कारण भनेको समाजमा परम्परागत रुपमा विद्यमान धर्म,परम्परा तथा कुरीती र त्यसमा आधारीत विश्वास प्रणालीको ढाचाँ भएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायीक समितिका कानुनी सल्लाहकार यादव डाँगी, ओरेक जिल्ला संयोजक इश्वरी थापा, अधिकारकर्मी सुस्मा गिरी लगाएतले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रमहरु धेरै मात्रामा गर्नुपर्ने बताउनुभयो । महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य सितारा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीरकण सचिव पदमा चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *