गढवामा अबैध मदिरा नष्ट

घोराही, २० जेठ । दाङको गढवामा अबैधरुपमा बिक्रिका लागि राखिएका मदिराहरु नष्ट गरिएको छ । गढवा होटल ब्यवसायी संघको अगुवाईमा गढवाका विभिन्न ठाउँहरुका होटल अनुगमन गरि अबैध मदिराहरु नष्ट गरिएको हो ।

Buddha International Hospital


Advertise with us
दर्ता नगरि मदिराहरु बिक्रि गर्ने गरेको र अबैध घरेलु मदिराहरु बिक्रिका लागि राखिएको फेला परेको संघले जनाएको छ । अनुगमनका क्रममा किराना समानहरु सँगै मदिराहरु राखेको समेत पाईएको छ ।


अबैध मदिराहरु नष्ट गरिएको छ भने बैधानिक मदिरालाई दर्ता गरेर मात्रै बिक्रि गर्न आग्रह गरिएको छ । संघले जिल्ला प्रशासन, स्थानीय सरकार र आन्तरिक राजस्व कार्यालयलाई अनुगमन र नियमन गर्न समेत आग्रह गरेको छ ।