घोराहीका मासु व्यवसायीहरुको अटेरी, सरकारले पनि कारबाही गरेन

Advertise with us

घोराही, २० जेठ । घोराही उपमहानगरपालिकाले डेरी उद्योग तथा मासु पसलको अनुगमन गरेको छ । नगर प्रमुख नरुलाल चौधरी नेतृत्व एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी सहित पुश सेवा शाखाका कर्मचारी, प्रहरी र पत्रकारको टोलीले बजारका अनुगमन गरेको हो ।

लमही डेरी, लिला डेरीको अनुगमन गरिएको छ । टोलीले नयाँ बजार स्थित पूर्वीरुकुम लुक्मेली मासु पसल, दङ्गाली मासु पसल, कुमार मासु पसल, रोल्पाली मासु पसल र खसी मासु पसलको समेत अनुगन गरिएको छ । अनुगमनका क्रममा केही मासु व्यवसायीहरुले मासु झुण्ड्याएर राख्ने गरेको र खुलारुपमा राखेको पाईएको छ ।

Buddha International Hospital

उनिहरुलाई डिफ्रिज भित्र राख्न र सिसा भित्र राखेर मात्रै बेच्न निर्देशन दिईएको छ । नगरप्रमुख चौधरीले पटक÷पटक सचेत वनाउँदा पनि व्यवसायीहरुले अटेर गरेको भन्दै कारवाहीमा सरकार जाने बताए ।

Advertise with us