दाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ६ गम्भीर, ६ सामान्य


लमही, २० जेठ । दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा दुई जना गम्भिर घाइते भएका छन् । लमहीबाट कमानपुर जादै गरेको रा ४ प ८८४४ नम्बरको मोटरसाईकल र देउपुरबाट लमही तर्फ आउदै गरेको रा २ प १६०२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा दुई जना गम्भीर घाइते भएका हुन् ।


Advertise with us
दुई मोटरसाइकल लमही ६ देउपुरमा ठोक्कीदा लमही ५ सिंगेका रामऔतार चौधरी र राप्ती गाउँपालिका ५ सिंगेका सन्देश खनाल गम्भीर घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते दुबैको लमही अस्पतालको प्रारम्भीक उपचार पश्चात कोहलपुर रिफर गरिएको छ ।

Buddha International Hospital


यस्तै लमही ९ रिहारमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराती दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शौच गर्न रोकीराखेको बस गुडेपछि दुर्घटना भएको बताइएको छ । सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ भने बाकी चार जनाको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनामा परी टिकापुर ८ का ६५ बर्षीय भागीराम डगौरा, उहाँकी श्रीमती ६० बर्षीया बेज्या चौधरी, लम्कीचुहा ६ का ३५ बर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ का ५० बर्षीय गोपाल सार्की रहेका छन ।