लागुऔषध कारोबारमा एक महिला सहित तीनजना पक्राउ

Advertise with us


दाङ, २० जेठ । दाङमा लागुऔषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन् । लमही नगरपालिका—९ अमेलिया चोकमा प्रहरीले जाँचको क्रममा लागुऔषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको हो ।

Buddha International Hospital
Advertise with us

पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्र नगरपालिका—५ का ३६ वर्षिय लक्ष्मण सापकोटा, बाँकेको नेपालगन्ज उपमहानगरपालिका—१५ का ३२ वर्षिय गुड्डु कवडिया र सोहि ठाँउकी २४ वर्षिय रुक्सार कवडीया रहेका छन् ।

उनीहरुले बा १९ च ८८३३ नम्बरको गाडीमा लुकाइराखेको प्लाष्टिकको पोकामा गिलो खैरो हिरोइन १ सय ८० ग्राम फेला परेको हो । पक्राउ परेका साथबाट नगद ७ हजार सहित, ३ वटा मोवाइल र गाडी बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोबार तथा विक्रि वितरण गरेको कसुरमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्बाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।।