रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने

गढवा, जेठ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत संचालन हुन थालेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गढवा गाउँपालिकाले प्रभावकारी ढंगले संचालन गर्ने भएको छ । जस अनुसार गढवाका ८ वटै वडाहरुबाट झण्डै तीन हजार पाँचसय चौरासी जनाको फाराम संकलन भएको र त्यसलाई कलेक्सन गरी केन्द्रमा पठाउने तयारी भै रहेको गढवा गाउँपालिकाका रोजगार सुचना केन्द्रका अधिकृत अशोक यादवले जानकारी दिए ।

Buddha International Hospital


Advertise with us
मन्त्रालयको सामुदायिक आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि–२०७६ को परिच्छेद ३ को उपदफा २ बमोजिम शहिद परिवार, एकल महिला, आम्दानीको स्रोत नभएका, भौगोलिक विघटता र गरिवीको स्तर पहिचान गरि विकास निर्माण र अन्य कियाकलापहरुमा रोजगारका कार्यहरु सृजना गरि फाराम भोर्ने व्यक्तिहरुलाई रोजगारीको व्यवस्थापन गर्ने बताइएको छ । कार्यविधि बमोजिम गाउँ नगरले प्राथमिकिकरण गरेका क्षेत्रमा विकासका गतिविधि संचालन गरिने र त्यहि क्षेत्रमा रोजगारको व्यवस्थापन गरिने सुचना केन्द्रले जनाएको छ ।


यस दफा बमोजिम एक आयोजनाको रकम बढीमा ५ लाख भन्दा बढी नहुने ब्यवस्था रहेको र सडक निर्माण तथा मर्मत,कृषि तथा सिंचाई, ग्रमिण खानेपानी,स्वास्थ्य तथा सरसफाइ, शिक्षा वन तथा जलाधार र संस्कृति पर्यटनको क्षेत्रमा आयोजनाहरु संचालन तथा कार्यान्वयन हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव लोकनाथ भुसालले जानकारी दिए ।

यस कार्यक्रमका लागि स्थानिय तहलाई उपलब्ध गराइने बजेट मन्त्रालयले शसर्त पूजिगत अनुदानको रुपमा अर्थ मन्त्रालय मार्फत प्रत्येक स्थानीय तहलाई अख्तियारी दिने व्यवस्था रहेको र कार्यक्रमलाई देशैभरका स्थानीय तहमा प्रभावकारी रुपमा संचालन गरिने सचिव भुसालले बताए ।

बजेट उपलब्ध गराउँदा अंकभारको व्यवस्था कार्यविधिमा गरिएको छ, । जस अनुसार गरिबिको घरधुरी संख्याको अंकभार ६० प्रतिशत, जनसंख्याको अंकभार २० प्रतिशत र भौगोलिक दुर्गमताको अंकभार २० प्रतिशत रहने र देशभरका सबै स्थानीयतहहरुले छुट्टै हिसाब देखिने गरि खाता संचालन गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

गत चैत्र १ देखि बैशाख मसान्तसम्म संकलन भएका बेरोजगारहरुको फाराम संकलन कार्यबाट देउखुरीको गढवा गाउँपालिकाको वडा नंं.१ मा ५ सय जना, वडा नं. २ मा ६सय त्रियानब्बे, वडा नं. ३ मा ३ सय ७१, वडा नं. ४ मा ३ सय ४६, वडा नं. ५ मा ९ सय ६०, वडा नं. ६ मा ३ सय ५८, वडा नं. ७ मा ३ सय ८ र वडा नं. ८ कोइलाबासमा जम्मा ४८ जना गरी कुल तिन हजार पाँचसय चौरासी जनाले फारम मभोरेको तथ्यांक संकलन भएको गढवा गाउँपालिकाका रोजगार सुचना अधिकृत अशोक यादवले जानकारी दिए ।

संकलित फारामलाई मापदण्ड बमोजिम छनोट गरिने र प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्ने गढवा गाउँपालिकाले जनाएको छ ।