दाङमा धमाधम चिस्यान केन्द्र खुल्दै, क्षमता अनुसारको सामाग्री छैन

Advertise with us


रीता लामा
घोराही, २० जेठ । जिल्लामा पछिल्लो समय कृषि उपजहरुको धमाधम उत्पादन सुरु भएसँगै त्यसलाई लामो समयसम्म जोगाएर राख्नको लागि चिस्यान केन्द्र स्थापनाको हुने क्रम समेत बढेको छ । जिल्लामा अहिलेसम्म पाँच वटा चिस्यान केन्द्रहरु खुलिसकेका छन् । घोराहीमा दुइ वटा, तुलसीपुरमा एउटा, लमहीमा एउटा र बंगलाचुलि गाउँपालिकामा एउटा चिस्यान केन्द्र स्थापना भएका छन् ।

Advertise with us


घोराहीको गोग्लीमा करिव १४ करोडको लगानीमा चिस्यान केन्द्र स्थापना गरिएको छ । विगत तीन बर्ष देखि निर्माण सुरु भएको उक्त चिस्यान केन्द्र अझै निर्माण कै क्रममा छ तर सामाग्री राख्न भने सुरु भैसकेको छ । चिस्यान केन्द्र निर्माणका लागि सबै सामाग्रीहरु भारतबाट ल्याउनु परेपछि संचालनमा ढिलाई भएको निर्माण पक्षले जनाएको छ ।

Buddha International Hospital


घोराहीको गोग्लीमा स्थापना गरिएको चिस्यान केन्द्रमा करिव २५ सय मेट्रिकटन कृषि उपज राख्न सक्ने क्षमता रहेको छ । फरक फरक आइटमका कृषि उपज राख्ने मिल्ने ५ कोठाको चिस्यान केन्द्र छ जसमा तरकारी, फलफुल, अण्डा आदि भण्डारण गर्न मिल्छ । तर ठुलो क्षमताको, बजारको नजिकै भएको चिस्यान केन्द्रमा क्षमता अनुसारको कृषि सामाग्री भने छैन । गोग्लीमा रहेको चिस्यान केन्द्र संचालक समितीका एक सदस्य आनन्द पन्थीले किसानहरुमा चिस्यान केन्द्रबारे सहि ज्ञान नहुदाँ नै यहाँ उत्पादन भएका बस्तु चिस्यान केन्द्रसम्म नआइपुगको उनले बताए ।

‘किसानलाई चिस्यान केन्द्रबारे जानकारी नै छैन ।’ उनले भने ‘केही सिमित व्यक्ति र व्यापारीको भरमा चिस्यान केन्द्र चलेको छ ।’ चिस्यान केन्द्रले क्षमता अनुसारको सामाग्री नपाउन चेतना कै कमि भएको उनको बुझाइृ छ ।

यस्तै लमहीको टिकुली गढमा पनि करिव ३२ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र केही बर्ष अगाडीबाटै संचालनमा आएको थियो भने घोराही बजारको ट्राफिक चोक नजिक पनि करिव ५०० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र पहिलेबाटै संचालनमा छ । तुलसीपुरमा १०० मेट्रिकटन र बंगलाचुलि गाउँपालिकाको लोहारपानीमा १०० मेट्रिकटनको चिस्यान केन्द्र स्थापना गरिएको छ ।

यी सबै जसो चिस्यान केन्द्रमा केही प्रतिशत सरकारी अनुदानमा खुलेका हुन । कृषी मन्त्रालय र रिजमको अनुदानमा संचालनमा आएका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जिल्लालाई आवश्यक चिस्यान केन्द्र स्थापना भैसकेको बताए । जिल्लामा उत्पादन हुने कृषि उपजलाई राख्न मिल्ने चिस्यान केन्द्र स्थापना भैसकेको हुदाँ अव धेरै आवश्यक नपर्ने बताए । त्यस्तै चिस्यान केन्द्रमा जोगाएर राख्नुपर्छ र मुल्य बढेको समयमा बेच्नुपर्छ भन्ने हेक्का किसानमा नहुदाँ जिल्लामा स्थापना भएका चिस्यान केन्द्र खालि जस्तै भएको उनको अनुभव छ । अहिले चिस्यान केन्द्रले क्षमता अनुसारको सामान पाएका छैनन् ।

किसानहरु उत्पादन हुने वित्तिकै बजारमा बेच्ने लैजाने र मुल्यको प्रवाह नगर्ने हुदाँ चिस्यान केन्द्र खालि भएको उनको भनाई छ । जिल्लामा चिस्यान केन्द्र छ र यसको उपयोग गर्नपर्छ भन्ने ज्ञान नहुदाँ समस्या भएको उनले बताए । बजारमा मुल्य नभएको समयमा चिस्यान केन्द्रमा आफ्ना कृषि उपज राख्नको लागि किसानहरुलाई आग्रह समेत गर्छन ।

अहिले जिल्लामा संचालित चिस्यान केन्द्रहरुले न्युनतम एक सय केजीको ५०० रुपैँया शुल्क लिने गरेका छन् । तर अहिले जिल्लामा संचालित स्मार्ट कृषि गाउँ कार्यक्रमले पनि चिस्यान केन्द्रलाई भरिभराउन बनाउने उनको अपेक्षा छ ।