दाङमा माेटरसाईकल दुर्घटना हुदा दुईजना गम्भिर घाईते

शिवु खनाल

दाङ, २० जेठ |  दाङमा सवारी दुर्घटना हुदा दुईजना युवक गम्भिर घाईते भएका छन् । लमहीबाट कमानपुर तर्फ जादै गरेकाे रा ४ प ८८४४ नम्बरकाे माेटरसाईकल र देउपुरबाट लमही तर्फ जादै गरेकाे बाेईलर कुखुरा बाेकेकाे रा २ प १६०२ नम्बरकाे माेटरसाईकल लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित एक अापसमा ठाेक्किदा दुई जना गम्भिर घाईते भएकाे वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छ ।

Buddha International Hospital

Advertise with us

दुर्घटना लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी रामअाैतार चाैधरी र राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे निवासी सन्देश खनाल गम्भिर घाईते हुनु भएकाे छ । घाईते दुबैकाे टाउकाेमा गम्भिर चाेट लागेकाे छ । घाईतेहरुकाे लमही अस्पतालमा प्रारम्भिक उपचार पछि काेहलपुर रिफर गरिएकाे वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छ ।