दाङमा बस दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

Advertise with us

प्रिया स्मृती गजमेर /
देउखुरी २० जेठ ।
दाङमा रोकिराखेको बस आफै गुडदा चार जना गम्भिर घाइते भएका छन् भने ६ जना सामान्य घाइते भएका छन् । घटनामा परि गम्भिर घाइते हुनेमा टिकापुर ८ बस्ने बर्ष ६५ का भागीराम डगौरा, उनकी श्रीमती बर्ष ६० का बेज्या चौधरी, कैलाली लम्किचुहा ६ बस्ने बर्ष ३५ का कृष्ण भण्डारी र डडेल्धुरा अम्मरगढ़ी २ बस्ने बर्ष ५० का गोपा सार्की रहेका छन् ।

Advertise with us

नारायणगढ देखि महेन्द्र नगरतर्फ यात्रु लिएर जादै गरेको ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका—९ को रिहारमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन् । गए राती सवा १२ बजे रिहार नजिकै जंगलमा यात्रुले शौच गर्ने भनेपछि बस चालकले गाडी रोकेको समयमा बस आफै गुडेर सडकबाट पन्द्र मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

Buddha International Hospital


बस दुर्घटना भएकै समयमा बेजोडले हावाहुरी चलेकोले उद्दार गर्न कठिन भएको थियो । सामान्य घाइते भएका यात्रुहरुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाकेको नेपालगंज रिफर गरिएको छ ।।