लमहीमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी, १९ जेठ | लमहीमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरमा दोस्रो पटक मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको हो । देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिताको लमही नगरपालिका नगर प्रमुख केसीले ब्याटिङ र लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले बलिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

Advertise with us

नगर प्रमुख कुलबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै खेल जगतलाई बलियो बनाउन प्रतिभा प्रस्फुटन गराउन र नगरवासीहरु लाई स्वस्थ राख्न खेलको आवश्यक रहेको बताउनुभयो । स्थानिय स्तरका खेलाडाीहरु लाई राष्ट्रिय स्तरको खेलाडी बनाउन मेयरकपको मुख्य भुमिका रहेको बताउदै, आउदो वर्ष दाङका दश स्थानिय तह भन्दा फरक किसिमले खेल सञ्चालन गरिने नगर प्रमुख केसीले बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, पत्रकार लागएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण देउखुरी क्रिक्रेट क्लवका सचिव पवन शर्मा रिजालले गर्नु भएको थियो ।।

मेयरकप प्रतियोगितामा नगर अन्र्तगतका ८ वटा टिमले सहभागि जनाएका छन् । जस अन्र्तगत पहिलो खेलमा देउखुरी क्रिक्रेट क्लवको ए टिम र नवजागरण युवा कल्व लमही नगरपालिका ७ बिच खेल सुरु भएको छ । ्दोस्रो मेयरकप प्रतियोगितामा प्रथम पुरस्कार पचाँस हजार, द्धितिय पुरस्कार तिस हजार र सिल्ड, मेडल र प्रमाणपत्र रहेको लमही नगरपालिकाले जनाएको छ ।