सवारी दुर्घटनामा एक जनाको मृत्यु, २१ जना घाइते


दाङ, १९ जेठ | दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दंगिशरण गाँउपालिका—५ सलौराका ५० वर्षिय भिमबहादुर चौधरीको मृत्यु भएको छ । कालीमाटी सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर —८ दुधेना तुलसीपुरदेखि पश्चिम दाङतर्फ जादै गरेको रा १ त नम्बरको ट्याक्टरले सोही दिशातर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साइकलयात्री चौधरीको घटनास्थलमै निधन भएको हो ।

Buddha International Hospital
Advertise with us

मृतकको शबलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आइतबार बिहान दाङमा ट्याक्टर दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घोराहीबाट मुर्कुटी जाँदै गरेको रा १ त १००६ नम्बरको ट्याक्टर बंगलाचुलीमा दुर्घटनामा हुँदा २१ जना घाइते भएका हुन् ।

काम गर्ने कामदार बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडकमै पल्टन जादा दुर्घटना भएको हो । घाईते मध्ये केहिलाई स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ भन, केहिलाई थप उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बंगलाचुली —३ का ४६ को बाबुराम राना, ४५ वर्षिय टुकमान खत्री, १८ वर्षिय हस्तबहादुर नेपालीको स्थानिय ल्वारपानि स्वास्थ्य चौकी मुर्कुट्टीमा उपचार भईरहेको छ । सल्यान छत्रेश्वरी— १ बस्ने बर्ष २३ का केशर बुढा, १९ वर्षिय नवराज घर्र्ती, बाके खजुरा—६ बस्ने बर्ष ३४ को टेकबहादुर परियार, सल्यान छत्रेश्वरी—४ बस्ने बर्ष १९ को राजेश बिक, बाके कोहलपुर—१३ बस्ने बर्ष २३ का निमबहादुर नेपालीको घोराहीमा उपचार भइरहेको छ ।

त्यस्तै बाके खजुरा—६ बस्ने बर्ष १८ का बिकाश नेपाली, बर्ष ६० का भक्तबहादुर परियार, बाके कोहलपुर—१२ बस्ने बर्ष ३२ का हेमलाल परियार, बंगलाचुली—३ बस्ने बर्ष ४९ का श्रीधर महरा, बर्ष २५ की निमा बिस्ट, घोराही—१४ बस्ने बर्ष २५ की आशा रोकामगरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

यस्तै बंगलाचुली—३ बस्ने बर्ष ३८ की सरस्वती महरा, बर्ष २३ का शशिधर बिष्ट, बाके खजुरा—६ बस्ने बर्ष १७ का शंकर परियार, रोल्पा—६ बस्ने बर्ष १६ का बिबेक बिक, छत्रेश्वरी—४ बस्ने बर्ष ४७ का हरि घर्ति, बर्ष ३२ का दिलबहादुर बस्नेत, बंगलाचुुली—५ बस्ने वर्ष २६ को अनराम घर्तिमगर (चालक) को पनि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।।