सवारीकोटमा निशुल्क स्वास्थ्य शिविर, ९७ जनाले उपचार लिए

Advertise with us


घोराही, १९ जेठ | घोराही उपमहानगरपालिका वडा नम्वर ४ सवारीकोटमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरबाट झण्डै एक सयजनाले उपचार सेवा लिएका छन् ।

Buddha International Hospital
Advertise with us

घोराही उपमहानगरपालिका वडा नम्बर ४ र नेपाल परिवार नियोजन दाङ शाखाको आयोजना एवं बिआर टेन्टल क्लिनिक र नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा आज शिविर सञ्चालन गरिएको हो ।

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजी र दाँतको उपचार सेवा प्रबाह गरिएको छ । शिबिरमा ७८ जना पुरुष र १९ जना महिला गरि ९७ जनाले उपचार सेवा लिएका छन् ।

स्वास्थ्य शिबिरमा ६५ जना दाँतको उपचार गराएका छन भने ६२ जनाले प्याथोलोजी सेवा र ४७ जना महिलाले पाठेघरको मुखको क्यानसर भए नभएको जाँच गराएका छन् । शिबिरमा जाँच गराएका कुनै पनि महिलामा पाठेघरको मुखको क्यान्सर नदेखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

शिविरमा नेपाल परिवार नियोजन दाङ शाखाका डा. समिक्षा डिसी, दन्तरोग विशेषज्ञ डा. विपि भुसाल, स्टार्फ नर्सहरु सरिता तामाङ, सृजना ज्ञवाली, अनमी आशा बस्नेत, स्वास्थ्यकर्मीहरु सन्ध्या गौतम, आशा शर्माले स्वास्थ्य जाँच तथा परामर्श दिनुभएको छ ।

वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

स्वास्थ्यको बिषेश ख्याल सँगै नियमित जाँच, खानपान, शारिरीक अभ्यासमा ध्यान दिन सके मात्रै पनि धेरै स्वस्थ बन्न सकिने बताउनुभयो । स्वास्थ्यमा हेलचेक्राँई गर्नै नहुने भन्दै नगर प्रमुख चौधरीले रोग सानो ठूलो नहुने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु भीमबहादुर कुँवर योगी, लिलादेवी गोतामे, परिवार नियोजन संघका प्रबन्धक बसन्त खनाल, निगरानी समुहका अध्यक्ष खिमा शर्मा र सचिब पार्वता सुबेदी लगाएकाले स्वास्थ्यको बिषयमा आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परिचारक हेमराज पौडेलले गर्नुभएको थियो ।।