सवारीकोटमा निशुल्क स्वास्थ्य शिविर संचालनमा

Advertise with us

 

Buddha International Hospital

 

Advertise with us

घोराही, १९ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ४को विकट क्षेत्र सवारीकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । परिवार नियोजन दाङ शाखाको आयोजना एवम वडा नम्वर ४को आर्थिक सहयोगमा शिविर संचालन भएको हो ।


शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि सेवा संचालन भैरहेको छ । भने बृद्धबृद्धाहरुको उपचार, दाँत सम्पन्धी उपचार तथा परामर्श दिने कार्य पनि चलेको छ ।शिविरमा परिवार नियोजन दाङ शाखाकी मेडिकल अफिसर डा. समिक्षा डिसी, दन्तरोग विशेषज्ञ डाक्टर अभिशेक शर्मा, स्टार्फ नर्सहरु सरिता तामाङ, सृजना ज्ञवाली, अनमी आशा बस्नेत, स्वास्थ्यकर्मीहरु सन्ध्या गौतम, आशा शर्माले सेवा दिइरहेका छन । घोराही उपमहानरपालिका वडा नम्वर ४ सवारीकोटमा रहेको प्राथमिक विद्यालयको भवनमा शिविर संचालन भैरहेकोछ । विहान ८ बजेबाट सुरु भएको शिविर साझ ५ बजेसम्म चल्ने छ ।


यसैबीच शिविरको वडा नम्वर ४का वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षता एवम घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।

 

शिविरको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले महिला तथा बालबालिका एवम बृद्धबृद्धाहरुलाई आफनो स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले व्यक्तिको पमुख धन र जीवन भनेको नै स्वास्थ्य भएको बताउदै सामान्य भन्दा सामान्य समस्या देखिए पनि उपचारमा लापरवाही नगर्न अनुरोध गरे ।

कार्यक्रममा आधारभुत विद्यालय सवारीकोटका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निमुसंगम घर्ति, वडा नम्वर ४का वडा सदस्य लिलादेवि गोतामे, भीमबहादुर कवर, निगरानी समुहकी खिमा केसी, परिवार नियोजन दाङ शाखाका प्रवन्धक बसन्त खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण वडा नम्वर ४का सामाजिक परिचारक हेमराज पौडेलले गरेका थिए ।