घोराहीको मधुवन टोलमा नयाँ बोरिङ उद्घाटन

Advertise with us

दाङ, जेठ १९ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नयाँ बोरिङका उद्घाटन गरेको छ । खानेपानीको स्रोत पहिचान गर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ मधुवन टोलमा नयाँ बोरिङ खन्ने काम सुरु भएको हो ।

Buddha International Hospital

नयाँ बोरिङको उद्घाटन घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नुभएको थियो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पहलमा सुरु भएको बोरिङका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आर्थिक सहयोग गरेको संस्थाका सदस्य धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।

Advertise with us

बोरिङको पानी स्किम नं. ४ को वितरण प्रणाली मार्फत मधुवन टोल लगाएतका आसपासका क्षेत्रमा पानी वितरण गरिने योजना रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय खानेपानीको स्रोत सिमित हुनु र उपभोक्ताहरु बृद्धि हुँदै गएपछि विभिन्न निकायहरुको सहयोगमा पानीका स्रोतहरु खोजी गर्ने निरन्तर जारी रहेको संस्थाका सचिव सुमन शर्माले बताउनुभयो । आयोजनाको काम एक महिनामा सकिने अपेक्षा गरिएको छ ।