दाङको वंगलाचुलीमा कामदार बोकेको ट्याक्टर दुर्घटना, २१ जना घाईते

हेर्नुहोस घाइतेको नामावली

नवीन अभिलाषी
दाङ, जेठ १९ । आज विहान दाङको बंगलाचुली गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा २१ जना घाईते भएका छन् । आईतबार विहान साडे ६ बजे घोराहीबाट मुर्कुटी जाँदै गरेको रा १ त १००६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमै पल्टन जादा दुर्घटना भएको हो

काम गर्ने कामदार बोकेको ट्याक्टरमा २२ जना सवार रहेको बुझिएको छ । घाईते मध्य केहिलाई स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ भने, केहिलाई थप उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

Buddha International Hospital
Advertise with us

प्रहरीका अनुसार बंगलाचुली गा.पा.३ बस्ने बर्ष ४६ को बाबुराम राना, बर्ष ४५ को टुकमान खत्री, बर्ष १८ को हस्त बहादुर नेपालीको स्थानिय ल्वारपानि स्वास्थ्य चौकी मुर्कुट्टीमा उपचार भईरहेको छ । यस्तै सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने बर्ष २३ को केशर बुढा, बर्ष १९ को नवराज घर्ति, बाके खजुरा गा.पा.६ बस्ने बर्ष ३४ को टेक ब.परियार, सल्यान छत्रेश्वरी गा.पा.४ बस्ने बर्ष १९ को राजेश बि.क, बाके कोहलपुर न.पा.१३ बस्ने बर्ष २३ को निम ब.नेपाली, बाके खजुरा गा.पा.६ बस्ने बर्ष १८ को बिकाश नेपाली, बर्ष ६० को भक्त ब.परियार, बाके कोहलपुर न.पा.१२ बस्ने बर्ष ३२ को हेमलाल परियार, दाङ बंगलाचुली ३ बस्ने बर्ष ४९ को श्रिधर महरा, बर्ष २५ की निमा बिस्ट, दाङ घोराही उपमहानगरपालिका १४ बस्ने बर्ष २५ की आशा रोकामगरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ उपचार भईरहेका छ ।

यस्तै दाङ बंगलाचुली गा.पा.३ बस्ने बर्ष ३८ की सरस्वती महरा, बर्ष २३ को शशिधर बिष्ट, बाके खजुरा गा.पा.६ बस्ने बर्ष १७ को संकर परियार, रोल्पा रोल्पा न.पा.६ बस्ने बर्ष १६ को बिबेक बि.क, सल्यान छत्रेश्वरी ४ बस्ने बर्ष ४७ को हरि घर्ति, बर्ष ३२ को दिल ब.बस्नेत, र दाङ वंगाचुली गा.पा.वडा नं.५ बस्ने वर्ष २६ को अनराम घर्तिमगर (चालक)को पनि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ उपचार भईरहेका छ ।