पुराना यातायात समिति प्रालिमा दर्ता


तुलसीपुर, १९ जेठ ।
सिन्डिकेट हटाउने अभियानमा लागेको सरकारको निर्देशन पालना गर्दै जिल्लाका पुराना यातायात ब्यबसायीहरु प्रालिमा दर्ता हुन थालेका छन् । सरकारले सिन्डिकेट हटाउने गरी प्रालिको अबधारणा ल्याएको लामो समयपछि समितिहरु प्रालिमा दर्ता हुन थालेका हुन् ।

Advertise with us

दाङमा रहेका राप्ती अञ्चल सार्बजनिक बस ब्यबसायी समिति, तुलसीपुर जीप तथा मिनी माइक्रो बस ब्यबसायी समिति, अम्बिकेश्वरी सार्बजनिक बस ब्यबसायी समिति, राप्ती अञ्चल साना मालबाहक ब्यबसायी समिति प्रालिमा दर्ता भएका हुन् । त्यस्तै देउखुरी ट्याक्सी ब्यबसायी समिति, स्वर्गद्वारी टिप्पर ब्यबसायी समिति पनि प्रालिमा दर्ता छन् ।

Buddha International Hospital

समितिको नाममा रहेको चलअचल सम्पति प्रालिमा हस्तान्तरण हुनुपर्ने भन्दै आन्दोलित बनेका समितिहरु लामो समयपछि प्रालिमा दर्ता भएका हुन् । समितिको अटेरीका कारण सरकारले म्याद थप गर्दै आएको थियो ।

केही समितिहरु प्रालिमा दर्ता भए पनि राप्ती अञ्चल ट्रक ब्यबसायी समिति प्रालिमा दर्ता भएको छैन । समितिका प्रशासनिक सचिब उमेशचन्द्र मज्गैँयाका अनुसार राज्यले व्यबसायीहरुलाई आश्वासन दिने तर सहमति कार्यान्वयन नगरेका कारण प्रालिमा दर्ता नभएको जानकारी दिनुभएको छ । सरकारले आइतबार (आज) सम्म प्रालिमा जानका लागि अन्तिम मिति तोकेको छ ।।