काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनिलाई कार्बाही


दाङ, १९ जेठ ।
दाङमा काम समयमै नसक्ने निर्माण कम्पनीहरु कार्बाहीमा परेका छन् । काममा चरम ढिलासुस्ती गरको भन्दै सडक डिभिजनले निर्माण कम्पनीलाई लाखौं हर्जना तोकेको छ । घोराहीस्थित कटुवा खोलाको पुल निर्माणमा ढिलाई गर्ने काठमान्डौँको शंखरमाली निर्माण सेवा प्रालीलाई ३५ लाख र हापुर खोलामा पुल निर्माणमा चरम लार्पबाही गर्ने रसुवा कन्स्ट्रक्सन प्रालिलाई ४० लाख हजर्ना तोकिएको छ ।

Advertise with us

Buddha International Hospital

सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर लिलाबहादुरले भण्डारीले सम्झौता गरेको पाँच वर्षसम्म काम पुरा नगरेको हुँदा उनीहरुलाई हर्जना तोकिएको जानकारी दिनुभयो ।

त्यसैगरी घोराही बजारमा सडक विस्ताको जिम्मा लिएर समयमै काम पुरा नगर्ने काठमान्डौंको शंखरमाली कान्छाराम जेभीलाई सडक डिभिजनले ७० लाख हर्जना तोकेको ईञ्जिनियर भण्डारीले जानकारी दिनुभयो ।

संझौता अनुसार असार मसान्त सम्म पनि काम पुरा नगर्ने अन्य केही निर्माण कम्पनी पनि कारवाही पर्ने निश्चित जस्तै रहेको भण्डारीले बताउनुभयो । यसैबीच सडक डिभिजनले धमाधम कारवाही गर्न थालेपछि आफुहरुपनि कारवाहीमा पर्ने त्रासले निर्माण व्यवसायीहरुले काममा तीव्रता दिन थालेका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार हाल जिल्लामा १३ वटा पुलहरु निर्माणाधिन अवस्थामा छन् । ती पुलहरु निर्माण गर्न ४८ करोड ३५ लाख रकम छुट्याइएको छ । निर्माणाधिन पुल र सडक समयमै निर्माण सम्पन्न नहुँदा जोखिम बढेको छ ।