प्रतिष्ठानको प्रसुती सेवालाई निःशुल्क गर्न माग

Advertise with us

दाङ, १८ जेठ । महिला स्वास्थ्य स्वयमसेबिका समुह दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रबाह गरिदै आएको प्रसुती सेवालाई निःशुल्क गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन पत्र बुझाउँदै समुहले सेवा निःशुल्क प्रबाह गर्न माग गरेको हो ।

Buddha International Hospital

Advertise with us

दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल मार्फत् समुहले प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रतिनीधि र प्रदेश सांसदहरुलाई बुझाइएको अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिनुभएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सेवामा निजीकरण गरिएको भन्दै सर्बसाधारणलाई सहज सेवा उपलब्ध गराउन आग्रह गरिएको छ ।

समुहका अध्यक्ष बिष्णु भण्डारी र सचिब रेखा रोका क्षेत्रीले सयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै तत्काल सेवा सुधार गर्न प्रतिष्ठानसंग माग गरिएको छ ।