नेवा मिसा दुवको अध्यक्षमा राजभण्डारी

दाङ,१८ जृठ । नेवा मिसा दवुको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुन भवानी राजभण्डारीलाई चयन गरेको छ । शनिवार घोराहीमा भएको अधिवेशनले राजभण्डारीको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Buddha International Hospital

Advertise with us

जसको उपाध्यक्षमा मंगला श्रेष्ठ, सचिवमा कृष्णा श्रेष्ठ, कोषाध्यक्षमा पार्वती राजभण्डारी चयन गरेको छ । त्यस्तै अधिवेशनले सदस्यहरुमा ध्यानु श्रेष्ठ, करुणा श्रेष्ठ, शोभा श्रेष्ठ, राज्यलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, शिवा श्रेष्ठ,सरस्वती श्रेष्ठ,राधा श्रेष्ठ जोशी, शान्ता श्रेष्ठ सदस्यमा रहेका छन । बाँकी दुई सदस्य पछि थप गरिने भएको छ ।

अधिवेशनमा नेवा देःदवुका जिल्ला अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, तुलसीपुर नेवार सेवा समाजका अध्यक्ष नरेश राजभण्डारी,नेवा मिसा दवुका अध्यक्ष अनिता राजभण्डारी, लमही नेवा समितिका अध्यक्ष दिलकुमार श्रेष्ठ, मिसा दवुका अध्यक्ष साहाना श्रेष्ठ, घोराही नेवार समितिका उपाध्यक्ष साया श्रेष्ठलगायतले बोलेका थिए ।

उपाध्यक्ष मंगला श्रेष्ठको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकारण लेखराज श्रेष्ठले गरेका थिए ।