घोराही ग्याँस उपसमितिको अध्यक्षमा आचार्य चयन

घोराही , १८ जेठ | घोराही ग्याँस उपसमितिको अध्यक्षमा सनत आचार्य चयन हुनुभएको छ । दाङ देउखुरी ग्याँस बिक्रेता संघको आज घोराहीमा भएको भेलाले आचार्यको अध्यक्षमा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । उपसमितिको उपाध्यक्षमा ऋषि रिजाल, सचिवमा केशाराम ओली, कोषाध्यक्ष श्याम सिजवाल चयन हुनुभएको छ ।

Buddha International Hospital

Advertise with us

त्यस्तै महिला सदस्य कविता सेन ओली र सदस्यहरुमा मोहन योगी ,रमेश भट्ट, दिलबहादुर बुढा,अभिवादन पोखरेल चयन हुनुभएको छ । ग्याँस व्यवसायी समितिका जेष्ठ सदस्य थमनबहादुर बुढाथोकी अध्यक्षता तथा दाङ देउखरी ग्यास बिक्रेता सँघका अध्यक्ष सन्तोष श्रेष्ठ , कोषाध्यक्ष तिलक रोका क्षेत्री , सदस्य गोपाल आचार्यको विशेष उपस्थितिमा भेला भएको हो । भेलाको सहजीकरण सचिव यादव श्रेष्ठले गर्नुभएको थियो ।