दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा सम्पन्न

Advertise with us

दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा आज सम्पन्न, ८ सदस्यीय कार्य समिति गठन दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा आज सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको सभाले अध्यक्ष मजगैयाँको अध्यक्षतामा ८ सदस्यीय कार्य समिति गठन गरेको छ ।

Buddha International Hospital

Advertise with us

जसको अध्यक्षमा प्रदीप मज्गैया, उपाध्यक्षमा किशोर कुमार खत्री, सचिवमा संजु केसी तथा कोषाध्यक्षमा बालकृष्ण खत्री चयन हुनु भएको छ । यस्तै कार्य समिति सदस्यहरुमा कैलाश रोका मगर, देवेन्द्र सिंह ठकुरी र नमिता नेपाली चयन हुनु भएको छ । यस्तै, विशेष अधिवेशनबाट प्रदेश तथा केन्द्रिय सभाका लागि पनि प्रतिनिधि छनोट गरेको छ ।

प्रदेश सभा तर्फ अध्यक्ष प्रदीप मज्गैया, किशोरचन्द्र गौतम, कैलाश रोका मगर तथा देवेन्द्रसिंह ठकुरीलाई जिम्मा दिएको छ भने केन्द्रीय प्रतिनिधिका लागि अध्यक्ष प्रदीप मज्गैयालाई अख्तियारी प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा का अध्यक्ष सविन प्रियासन तथा नेपाल आई.सी.सी काउन्सिल केन्द्रीय प्रतिनिधिको विशिष्ट आतिथ्यतामा आजको बैठक सम्पन्न भएको हो ।