क्रिकेट संघ दाङको अध्यक्षमा मजगैया

Advertise with us

दाङ, जेठ १८ । क्रिकेट संघ दाङको अध्यक्षमा प्रदिप मजगैया चयन हुनुभएको छ । शनिबार घोराहीमा सम्पन्न विशेष साधारण सभाबाट मजगैया अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

Buddha International Hospital

Advertise with us

जसको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी, कोषाध्यक्षमा बालकृष्ण खत्री चयन हुनुभएको छ । संघको सदस्यमा किशारचन्द्र गौतम, कैलास रोकामगर, देवेन्द्र सिंह ठकुरी, नमिता नेपाली रहनुभएको छ ।

संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता एवं जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको साधारणमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलास रोका, नवलपुर क्लवका अध्यक्ष दिपक पुन, पूर्व खेलाडी स्वागत शिव श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाको सहजीकरण संघका सचिव प्रणव आचार्यले गर्नुभएको थियो । नेपाल क्रिकेट संघको तेस्रो संशोधित विधान अनुसार २०७४ अनुसार विशेष साधारण सभा गरिएको थियो ।