निशुल्क स्वास्थ्य शिविरमा करिव दुइ सयले सेवा लिए


रीता लामा
घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ७मा शनिवार निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको छ । परिवार नियोजन दाङ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरमा करिव २०० जनाले स्वास्थ्य सेवा लिएका छन ।

Advertise with us


परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले दिएको जानकारी अनुसार शिविरमा १५९ महिला र २३ जना पुरुष गरी जम्मा १८२ जनाले उपचार लिएका छन । जसमा पाठेघर सम्बन्धी उपचार ६९ जनाले सेवा लिए । जसमा पाठेघरमा १ जना महिलाको रिंग राखिएको छ भने पाठेघरको मुखको क्यान्सर जाँच ७ जनाको गरिएको छ । यस्तै दन्त रोगसम्बन्धी ४४ जनाले उपचार लिए, प्याथोलोजि सेवा ५१ जना, स्त्री रोग १४० र अन्य साधारण चेक जाँच ३५ जनाले गरेका छन ।

Buddha International Hospital


शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि सेवा संचालन भएको थियो । भने बृद्धबृद्धाहरुको उपचार, दाँत सम्पन्धी उपचार तथा परामर्श दिने कार्य पनि चलेको थियो ।
शिविरमा स्त्रीरोग विशेषत्र डा. समिक्षा डिसी, दन्तरोग विशेषज्ञ डाक्टर अभिशेक शर्मा, स्टार्फ नर्सहरु सरिता तामाङ, सृजना ज्ञवाली, अनमी आशा बस्नेत, स्वास्थ्यकर्मीहरु सन्ध्या गौतम, आशा शर्माले सेवा दिएका थिए । घोराही उपमहानरपालिका वडा नम्वर ७मा रहेको माध्यामिक विद्यालय सौडियारको भवनमा शिविर संचालन भएको थियो । शनिवार विहान आठ बजेबाट सुरु भएको शिविर साझ ५ बजेसम्म चलेको थियो ।

निशुल्क स्वास्थ्य शिविरमा व्यवसायी रोम वली, पन्थी डेन्टल क्लिनीक घोराही, नेशनल प्याथ ल्याप एण्ड रिसर्व सेन्टरले पाविधिक सहयोग गरेका थिए भने सौडियार सामुदायिक सिकाइ केन्द्र, वडा नम्वर ७, सौडियार स्वास्थ्य चौधीको संयोजनमा शिविर संचालन भएको थियो ।

यसैबीच शिविरको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । परिवार नियोजन दाङ शाखाका उपाध्यक्ष भरतराज देवकोटाको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो । शिविरको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आफ्नो घर आगन मै आएको स्वास्थ्य विशिवरको धेरै भन्दा धेरै लाभ लिनको लागि स्थानियलाई आग्रह गरेका थिए ।

कार्यक्रममा व्यवसायी रोम वली, वडा नम्वर ७का वडा सदस्य छन्दबहादुर खत्रि, पत्रकार नविन अभिलासी, न्युमोर्डन एकेडेमिकी सुसिला सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । परिवार नियोजना दाङ शाखाका प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सौडियार सामुदायिक सिकाइ केन्द्रका निसानदाजु भट्राइले गरेका थिए ।