शिबालय मन्दीर निर्माणर्थ महायज्ञ

Advertise with us


तुलसीपुर, १८ जेठ/
तुलसीपुर—४ मजुवास्थित ठुलाखालीमा नमुना शिबालय मन्दीरको निर्माण सहयोगार्थ शनिबारदेखि श्रीमत्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको शनिबार समाजसेवी यामकुमारी केसीले उद्घाटन गर्नुभएको हो ।

Advertise with us

महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी केसीले महायज्ञबाट संकलित सहयोगले मन्दिरको स्तरोन्नती हुने गर्नुभयो । धर्म, संस्कृति तथा तीर्थस्थलको संरक्षण गर्नुपर्ने स्थानीय संगै राज्यको पनि दायित्व भएको उहाँको भनाई छ ।

Buddha International Hospital

मन्दीरका संरक्षण र संवद्धन गरी धार्मिक साँस्कृतिक तथा पर्यटकिय तीर्थस्थलको रुपमा विकास गर्नका लागि शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २५ गते शनिबार सम्म संचालन हुने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष सुदिप खड्काले जानकारी दिनुभयो । महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ ।

महायज्ञको उद्घाटनपुर्व आजबिहान कलशयात्रा निकालिएको थियो । कलशयात्रा महायज्ञस्थलदेखि बराहथान, मिलनचोक, रक्षाचौर, आँखा अस्पताल हुँदै पुन ः महायस्थलमा पुगेको थियो । महायज्ञको कथाबाचकमा पण्डित रामचन्द्र तिमिल्सीना रहनुभएको छ ।।