यार्सा टिप्न गएका तीन जनाको मृत्यु

जेठ १८, डोल्पा । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।

Buddha International Hospital

Advertise with us

लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्‍याउँदा शनिवार विहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रवार प्यारी भोक्पाभन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गत बिहीवार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको छ । लेक लागेर बिरामी पर्नेकोे संख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।

एक महीना अघिमात्रै यार्सा संकलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए । गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । रासस