सौडियारमा बृहत स्वास्थ्य शिविर संचालनमा

Advertise with us

रीता लामा
घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ७मा बृहत स्वास्थ्य शिविर संचालन भैरहेको छ । परिवार नियोजन दाङ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

Buddha International Hospital
Advertise with us


शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि सेवा संचालन भैरहेको छ । बृद्धबृद्धाहरुको उपचार, दाँत सम्पन्धी उपचार तथा परामर्श दिने कार्य अहिले पनि चलिरहेको छ ।

शिविरमा डाक्टर समिक्षा डिसी, स्टार्फ नर्सहरु सरिता तामाङ, सृजना ज्ञवाली, अनमी आशा बस्नेत, स्वास्थ्यकर्मीहरु सन्ध्या गौतम, आशा शर्माले सेवा दिइरहेका छन् ।

घोराही ७ मावि सौडियारको भवनमा संचालित शिविर शनिवार विहान आठ बजेबाट सुरु भएको थियो । शिविर आज दिनभर चल्ने छ । निशुल्क स्वास्थ्य शिविरमा व्यवसायी रोम वली, पन्थी डेन्टल क्लिनीक घोराही, नेशनल प्याथ ल्याप एण्ड रिसर्व सेन्टरले पाविधिक सहयोग गरेका छन् भने सौडियार सामुदायिक सिकाइ केन्द्र, वडा नम्वर ७, सौडियार स्वास्थ्य चौधीको संयोजनमा शिविर संचालन भएको हो ।

 

यसैबीच शिविरको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । परिवार नियोजन दाङ शाखाका उपाध्यक्ष भरतराज देवकोटाको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो । शिविरको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आफ्नो घर आगन मै आएको स्वास्थ्य विशिवरको धेरै भन्दा धेरै लाभ लिनको लागि स्थानियलाई आग्रह गरेका थिए ।

कार्यक्रममा व्यवसायी रोम वली, वडा नम्वर ७का वडा सदस्य छन्दबहादुर खत्रि, पत्रकार नविन अभिलासी, न्युमोर्डन एकेडेमिकी सुसिला सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । परिवार नियोजना दाङ शाखाका प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबा सुरु भएको कार्यक्रमको सहजिकरण सौडियार सामुदायिक सिकाइ केन्द्रका निसानदाजु भट्राइले गरेका थिए ।