दर्ता खारेजी भएका उद्योग नविकरणको माग

Advertise with us


घोराही, १८ जेठ । दाङ उद्योग बाणिज्य संघले जिल्लामा रहेका म्याद गुज्रेका उद्योगलाई नविकरणको लागि पहल गरिदिन सरोकारवाला निकायसँग माग गरेका छन । उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतका टोलीले शुक्रवार घरेलु तथा साना उद्योग कार्यालय तथा जिल्ला प्रसासन कार्यालय मार्फत ज्ञापन पत्र समेत बुझाएका हुन ।


Advertise with us
उनीहरुले उद्योग नविकरणको पहल गरिदिन जिल्ला प्रसासन कार्यालय, नेपाल उद्योग बाणीज्य संघ, नेपाल उद्योग बाणिज्य महासंघ पदेश नम्वर ५ र उद्योग, पर्यटन तथा वातावरण, पदेश नम्वर ५ लाई पत्र बुझाएका छन ।

Buddha International Hospital


उद्योग बाणिज्य संघका अध्यक्ष भुसालले आफुहरुले देशको आन्तरिक राजश्व बृद्धिको लागि उद्योग दर्ता गरेर संचालन गर्छौ भन्दा पनि सरकारी पक्षबाट वेवास्था भएको भन्दै चित्त दुखाए । देशको अर्थतन्त्रमा आन्तरिक राजश्य बढ्न नसकेको अवस्थामा उद्योगी व्यवसायीलाई करको दायरामा राजश्व बृद्धि गर्नुपर्ने उनीहरुको माग थियो ।

‘पुराना फर्महरुलाई यथासक्य चाडो नविकरण गरियोस ’ अध्यक्ष बुसालले भने बरु के कति थप जरिवाना तिर्नुपर्ने हो सरकारले तोकोस, उद्योगी तिर्न तयार छन् ।’ उद्योगी व्यवसायीहरुले दर्ता खारेजी परे पछि फेरी नविकरण नगरिदिदा समस्या भएको उनले बताए ।