धान लगाउन छाडेर तरकारी खेतीमा


सल्यान, १८ जेठ ।
सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १ को आमखोलीमा तरकारीबाटै किसानले वार्षिक लाखौं आम्दानी गरी रहेका छन् । समूहमा आबद्ध भई तरकारी खेतीमा लागेका किसान हाल व्यवसायिक खेतीमा लागेका हुन् ।

उनीहरूले एक सिजनमा मात्रै एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । तरकारीबाटै एक सिजनमा ५० हजारदेखि एक लाख बराबरको आम्दानी गर्ने गरेको किसान टोपवहादुर वुढाक्षेत्रीले वताउनुभयो । धानभन्दा तरकारीबाटै फाईदा हुने भएकोले धान लगाउन छाडेर तरकारी खेतीमा लागेको उहाँको भनाई छ ।

Blog Post Ad

यस्तै कालिमाटी गाउँपालिका २ पुतलीबजारका ५२ वर्षीय डम्बरबहादुर खत्री तरकारी खेती गर्न थालेपछि मजदुरीका लागि भारत जान छाड्नुभएको छ । तरकारी खेतीलाई व्यवसायिक बनाए पछि भारत जान नपरेको खत्रीको अनुभव रहेको छ । भारतमै बसेर कति दुः ख गर्नु भनेर २०६० सालमा भारतमा नेपाल फर्किएको र नेपाल फर्किएकै वर्षदेखि तरकारी खेती सुरु गरेको उहाँको भाई छ ।।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *