ह्विलचियरको सहारामा बाँचेका सुरेशको संघर्ष

Advertise with us

चन्द्रा बस्नेत
तुलसीपुर, १८ जेठ ।

Advertise with us
नाम सुरेश विक तर सबैले बिसुरेश बैरागी कान्छा भनेर चिन्छन् र बैरागी कान्छा उपनामले परिचित तुलसीपुर उपमहानगरपालिका—९ दोघरेका सुरेश चालक बन्ने सपनाले आज भन्दा करिब एक दशक अघि गाडीको सहचालक थिए, उनको दैनिकी ट्रकको सहचालकको रुपमा बितिरहेको थियो । एकदिन गर्मिको समय थियो, शितलत र आरामका लागि बाहिर खुल्ला चौरमा गएका थिए । खुल्ला चौरमा सुतिरहेको सुरेश केहिदिनपछि अस्पतालमा आफ्नो उपचार भइरहेको थाहा पाए । थाहा पाउँदा उनको शारिरीक अवस्था निकै नाजुक अवस्थामा पुगेको थियो । कारण थियो— चौरमा एकैछिन् आराम गरिरहेका सुरेशमाथी उनी कार्यरत ट्रकले नै उनिमाथि आएर उनलाई किच्दा उनको सहचालकबाट चालक बन्ने सपना त अधुरो भयो ।

Buddha International Hospital

विपन्न परिवारका सुरेशको चालक बन्ने सपना अधुरो त भयो नै । साँझ विहानको दैनिकी कसरी चलाउने समस्या पनि बल्झियो । आर्थिक रुपमा पनि विपन्न सुरेसको साथमा वृद्ध भैसकेकी आमा हुनुहुन्छ । घटनापछि गम्भिर घाइते भएका सुरेश तत्कालीन राप्ती अञ्चल अस्पतालमा उपचारमा रहेको समयमा अस्पतालका एक डक्टरले नै उनलाई त्यहि अस्पतालमा कामको व्यवस्था मिलाइदिएपछि उनि अहिले त्यहिपेशाबाट आमा र आफ्नो जीवनयापन गर्दै आएका छन् । तर अपांगताको जीवन जीउन सुरेशलाई भनेजस्तो सचिलो छैन् । दुर्घटनामा पछि सुरेशले अस्पतालमा अहिले बिल काट्ने लगायतका काम गर्दै दैनिकी त चलाएका छन् तर अपाङगता भएकै कारण विभिन्न चुनौतिको सामाना गर्नुपरेको छ ।

केहि सामान किन्न पसलमा जाँदा समेत माग्न आयो कि भनेर व्यापारीले अभद्र व्यवहार गर्ने गरेको उनि बताउँछन् । ‘हाम्रो समाजमा शारिरिक रुपमा अशक्त व्यक्ति अर्थात अपांगता व्यक्तिलाई फरक र कमजोर दृष्टिले हेर्ने चलनको हावि छ, हामी अपाङता भएका मानिसहरु त पसलमा जाँदा समेत दुख खेप्नुपरेको छ , सामान किन्न खोज्दा पनि माग्न आएको होकि जस्तो मानेर साहुजीले राम्रो व्यवहार गर्ने गर्दैनन् , पैसा दिने हो किन यस्तो व्यवहार गर्नुहुन्छ भनेर सम्झाउने गरेको छु —उनि भन्छन् । शारिरीक रुपमा पुर्णरुपमा अशक्त सुरेशले सकेसम्म मागेर खानु नपरोस् भन्ने अठोटका साथ काम गरिरहेका छन् । ‘हामी जस्ता अपागता भएका व्यक्तिले पनि अवसर पाए सपांग व्यक्तिले सरह केही गर्न सक्छन् तर समाजमा हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन् ’उनले भने ।
आज भन्दा १० वर्ष अघि मात्रै आफैले काम गर्ने गाडीले किच्दा दुर्घटनामा परि अपांगता भएका सुरेसको अहिले शरिरको कम्मरदेखि तलतिरको कुनै भाग चल्दैन् । उनको जीवन अहिले ह्वीचियरको सहारामा चलेको छ । सुरेश शारिरीक रुपमा अपाङता भएपनि जीवनलाई सहज बनाउन शसक्तरुपमा लागेका छन् ।

आमा र आफुलाई दैनिक चलाउन धौ—धौ परिरहेको अवस्थामा आफुलाई महिनैपिच्छे आफुलाई चेकजाँच गराउन समस्या हुने गरेको उनले बताए । उनले हामीसंगको भेटमा भने—‘आधा शरीर मरिसकेको मान्छे म तर पनि अब मलाई आमाको धेरै चिन्ता लाग्छ र मैले आफुले सकेको काम गर्न पछि पर्दिन् ,कहिकतै पसलमा जाँदा आफुलाई यो माग्ने होकि भन्ने नजरले हेरि फरक व्यवहार गर्दा दुख महशुस पनि हुन्छ ।’

शारीरिक रुपमा अशक्त हुँदापनि उनले भर्खरै मात्र सम्पन्न भएको जिल्ला स्तरिय दोस्रो पारा टेवुल टेनिस खेलमा जिल्ला प्रथम भई स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनि त्यतिमा मात्र सिमित छैनन् उनि एक कुशल गजलकार पनि हुन् । उनले सिर्जना गर्ने हरेक साहित्यमा यथार्त बोलेको हुन्छ । आफु अशक्त भएर पनि निकै साहस र हिम्मत भएका सुरेसले आफुहरुलाई राज्यले पनि उपेक्षा गरेको बताए । ‘अधिकार आएका छन् तर कार्यान्वयनमा समस्या छ’—उनले भने ‘हामी पनि अपागता भएकालाई घृर्णा हैन माया संगसंगै अवसर पनि दिएर सभ्य नेपाली नागरिकको परिचय दिउ ।’