प्राइभेट फर्म नविकरणलाई सहज बनाउन माग

Advertise with us

दाङ, जेठ १७ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले विविध कारणले तोकिएको समयमा नविकरण गर्न नसकेका उद्योगी तथा व्यवसायीहरुको थप जरिवाना लिएर सहज रुपमा नविकरण गर्न माग गरेको छ । संघले जरिवाना लिएर कुनै पनि समयमा नविकरण गर्ने वातावरण मिलाइ दिन माग गदै घरेलु तथा साना उद्योग कार्यालय दाङ मार्फत उद्योग वाणिज्य तथा आफुर्ती मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ ।

ज्ञापन पत्रमा नविकरण नहुदा प्राइभेट फर्म धनीहरुले बैकमा नविकरण गर्दा समस्या, आन्तरिक राजस्व कार्यालयमा लेखापरीक्षण गराई राजस्व दाखिला गर्दा समस्या तथा फर्म दर्ता खारेजी गर्दा अप्ठेयारो भोग्नु परेको उल्लेख गरिएको छ । अन्य प्रदेशमा यस सम्वन्धी प्रदेशमा यस सम्वन्धी समस्या समाधान भइ सकेकोमा प्रदेश नं ५ मा भने समस्या समाधान हुन नसकेको संघले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघको विरगञ्जमा २०७५ साउन २१ गते सम्पन्न भेलामा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र उद्योगमन्त्री मातृकाप्रसाद यादवले एक महिना भित्रमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए पनि १ वर्ष विती सक्दा पनि त्यसको कार्यन्वयन हुन नसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले बताउनुभयो । यस सम्वन्धी समस्या समाधान भएमा राजश्वमा वृद्धि भइ राज्यलाई नै फाइदा पुग्ने ज्ञापनपत्रका भनिएको छ । प्राइभेट फर्म रजिष्टेशन नियमावलीलाई नै संशोधन गरि प्राइभेट फर्म नविकरणमा देखिएको समस्या यथासिघ्र समाधान गर्न समेत माग गरिएको छ । समस्या समाधान नभएका व्यवसायीहरु चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने समेत ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय दाङ, नेपाल उद्योग वाणिज्य महासंघ काठामाडौ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ वुटवल र उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय प्रदेश नं ५ वुटवल पठाइएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र वुझाएको हो । त्यस अवसरमा कार्यसमिति, निवर्तमान अध्यक्ष, वस्तुगत समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।