आन्दोलनमा महिला स्वास्थ्य स्वयम सेविका : स्वास्थ्य सेवा सुचारु गर्न माग

Advertise with us

घोराही, जेठ १७ । घरघरमा पुगेर स्वास्थ्य सेवा पु¥याउदै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निजिकरण तर्फ उन्मुख भएको भन्दै विरोध जनाएका छन् । जिल्ला भरका महिला स्वयम सेविकाहरुले शुक्रवार जिल्ला प्रसासन कार्यालयको मुल गेटमा धर्ना दिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

महिला स्वास्थ्य स्वयम सेविकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा लगाम लगाएको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्कालिन राप्ती उपक्षेत्रिय अस्पतालले दिदै आएको स्वास्थ्य सेवामा कटौती गरिएको हुदाँ ती सेवा तुरुन्त सुचारु हुनुपर्ने माग गरेका छन् ।

Buddha International Hospital

प्रतिष्ठानले कुपोषित बालबालिकालाई लक्षित गरी स्थापना गराइएको पुर्नस्थापना गृह बन्द गराएको, दाताले बनाईदिएको क्षयरोग उपचार केन्द्र प्रयोग गर्न नदिएको, आमा सुरक्षा कार्यक्रमलाई धराशायी बनाएर चर्को शुल्क लिइएको, अस्पतालमा काम गर्ने कर्मचारीलाई काम गर्ने बातावराण नदिएको, फार्मेसी बन्द गराएको, डायलाशिस सेवा आफै संचालन नगरेर ठेक्का दिएको, अस्पतालमा भवन निर्माण कार्य रोकिदिएको भन्दै विरोध जनाएका हुन् ।

Advertise with us

उनीहरुले पहिले अस्पताल दिएको स्वास्थ्य सुविधालाई पनि निरन्तरताको माग गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल मार्फत प्रधानमन्त्रीको कार्यालय, सभामुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश नम्वर ५का मुख्य मन्त्रीलाई समेत पत्र पठाएका छन् । महिला स्वास्थ्य स्वयंसेविका जिल्ला अध्यक्ष विष्णु भण्डारीका अनुसार गत २९७५ असोज १२ गते उपक्षेत्रिय अस्पताल प्रतिष्ठानमा हस्तारण गरिए लगत्तै जनताले पाउने आधारभुत सेवा सुविधामा वाधा सिर्जना गरिएको छ ।

‘हामीहरुले घरघरमा पुगेर गर्भवति महिलाहरुको हेरचाह गर्छौ तर सुत्केरी हुने अवस्थामा उपक्षेत्रिको चर्को शुल्कको कारण यहाँका महिलाहरु तुलसीपुर जान बाध्यछन’ उहाँले भन्नुभयो ‘प्रतिष्ठानले सेवा शुल्क महंगो बनाउदा सुत्केरी र कुपोषि बालबालिका विचल्लीमा परेको हामीले टुलुटुलु हर्नेु परेको छ ।’ साथै उहाँले आमा सुरक्षा कार्यक्रम मार्फत महिला स्वयम सेविकाले पाउदै आएको सेवा सुविधा समेत खोसिएको बताउनुभयो । साथै स्वयम सेविकाहरुले स्वास्थ्य क्षेत्रलाई धरासायी बनाउने प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुको विकल्प खोजिनुपर्ने माग समेत राखेका छन् ।