दंगीशरणका स्कुल-स्कुलमा बाल क्लव गठन

Advertise with us


दिप्तीशिखा चौधरी

दंगीशरण जेठ,१७ | दंगीशरण गाउँपालिकाका नमूना यूवा संसदका यूवाहरु स्कुल स्कुलमा बाल क्लव गठन गरेका छन् । समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी यूवा भन्ने मूल नाराका साथ उनीहरुले बाल क्लव गठन गरेका हुन् । दंगीशरण गाउँपालिका वडा न.२ स्थित मा.बि. मधपुरमा सिर्जना के.सी को अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरिएको छ ।

Buddha International Hospital
Advertise with us

जसको उपाध्यक्षमा कुमार मगर, सचिवमा करीभक्त के.सी, कोषाध्यक्षमा तनु के.सी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी बस्नेत, चन्द्रकला के.सी, किरण चौधरी, दिपक डांगी, सन्दिप बि.क., तिलक खत्री रहेका छन् । यस्तै वडा न. ६ स्थित भानु मा.वी. मा करुणा वलीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरेको हुन् । जसको उपाध्यक्षमा देवराज खनाल, सचिवमा रीता गिरी, कोषाध्यक्षमा संगीता चौधरी रहेका छन् ।

यसैगरी सदस्यहरुमा पुष्पा परियार ,विनोद खड्का, हिरा भण्डारी, फुलमाया मगर लगाएतका रहेका छन् । स्कुल क्लव गठन,सकारात्मक सोच तथा सामाजिक संजालको प्रयोग, दुब्र्यसनी र बाल बिबाह न्यूनिकरण सम्बन्धि एकदिने परामर्श कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्म सोचका बिषयमा जानकारी गराएका थिए भने भानु मा.वी. का प्रद्यानाध्यापक पदम बहादुर वलीले लागु पदार्थ दुब्र्यशनका बिषयमा प्रष्ट्याएका थिए ।

यस्तै गाउँपालिकाकी प्रेस संयोजक दिप्तीशिखा चौधरीले बाल बिबाह न्यूनिकरण यूवा संसदका राष्ट्रपती रमीता चौधरीले बाल कलव गठन प्रक्रियाका बिषयमा जानकारी गराएकि थिईन् । प्रधानमन्त्री चक्रमिलन वि.कको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण नमूना यूवा सांसदका प्रतीपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए । नमूना यूवा संसदले गाउँपालिका भित्रका ४ वटा सामूदायीक बिद्यालयमा बाल क्लव गठन गरेको छ ।