लैंगिक हिंसा निवारणका लागी जनप्रतिनिधीलाइ तालिम

Advertise with us

सल्यान, १७ जेठ । लैंगिक हिंसा निवारणका लागी सल्यानको कपुरकोट गाउँपालिकामा न्यायीक समिती लगाएत सम्पूर्ण जनप्रतिनिधीलाइ क्षमता विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजनामा जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डे लगाएतले शुक्रबार न्यायीक समिती तथा वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाइ अभिमुखिकरण गरेका हुन् । स्थानीय न्यायीकको महत्व, स्थानीय तहको क्षेत्राधिकार भित्रका विवादलाइ कसरि समाधान गर्न सकिन्छ र लैंगिक हिंशा निवारणका उपायहरुका बारे तालिम प्रदान गरिएको थियो ।

Buddha International Hospital

Advertise with us

न्यायीक समिती संयोजक तिला बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश पाण्डेले स्थानीय न्यायीक समितीले आफ्नो भुमिका निर्वाह गर्दा ध्यान दिनुपर्ने विषयमा अभिमुखिकरण गरेका थिए ।

यस्तै कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता गणेश जि शाहले फौजदारी न्याय प्रणालिमा सरकारि वकिलको भुमिका, फौजदारी अपराध र मुद्दाको बारेमा प्रष्ट पारेका थिए । जिल्ला अदालतका तहसिलदार हरि बहादुर रामजाले स्थानिय तह अन्तर्गतको न्यायीक समितीले न्याय सम्पादन गर्दा निवेदन दर्ता गर्ने, म्याद जारी र म्याद तामेल गर्ने, प्रतिउत्तरपत्र दर्ता गर्ने, मेलमिलापमा पठाउने जस्ता विषयमा ध्यान दिनुपर्ने बताएका थिए ।

यस्तै सुनुवाई तथा प्रमाण बुझ्ने, विवादको सूची प्रकाशन गर्ने, बन्द ईजलासमा सुनुवाई गर्ने, निर्णय गर्ने र निर्णय कार्यान्वयन गर्ने जस्ता प्रक्रिया न्याय सम्पादनमा रहने कुराको अवगत गराएका थिए ।

जनप्रतिनिधीहरुले स्थानिय स्तरमा हुने विभिन्न विवाद र समस्या सम्बन्धी जिज्ञासा न्यनयाधिश समक्ष राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण शंकर के सीले गरेका थिए ।