गर्मीको कारण विद्यालय बन्द

देउखुरी, १७ जेठ । राप्ती गाउँपालिकाले बढ्दो गर्मीको समयलाई मध्यनजर गर्दै बालबालीकाको स्वास्थ्य रक्षाका लागि चार दिनका लागि विद्यालय विदा गरेको छ ।

Buddha International Hospital


Advertise with us
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सुचना प्रकाशन गरि राप्ती गाउँपालिका क्षेत्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई जेष्ठ १७ देखी २० गतेसम्म विद्यालय विदा गर्न अनुरोध गरेको हो ।


राप्ती क्षेत्रका विद्यालयबाट बढ्दो गर्मीका कारण शिक्षण सिकाईमा कठिनाई बढेको जानकारी आएकोले प्रथम चरणमा चार दिन विदा गरिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।

राप्ती क्षेत्रका विद्यालयको यस विदा बर्षे विदामा कटौती हुने गरि तथा नियमीत शैक्षिणीक योजनामा असर नपर्ने गरि विदा गरिएको र विदा समाप्त भएपनी मौसममा परिवर्तन नआए पुन सुचना गर्न सकिने शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।