आज देखि देशभर कुम्भकरण

घोराही, १७ जेठ । नेपाली कथानक चलचित्र कुम्भ करण आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । केही समय अघि नै प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारणले केही ढिलो गरी चलचित्र प्रदर्शनमा आउन थालेको निर्माण पक्षले जानकारी दिएको छ ।

Blog Post Ad


दाङ र प्यूठानका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र सामाजिक विषयमा निर्माण गरिएको कार्यकारी निर्माता रोम ओलीले जानकारी दिनुभयो । करिव ७५ लाख रुपैयाको लागतमा निर्माण गरिएको चलचित्रमा गौरव पहाडी लगायतका नायक र नायीकाको रुपमा निशा अधिकारी रहनुभएको छ । चलचित्रमा एउटा विद्यालयमा पढाउने शिक्षक र शिक्षिका बीचमा हुने प्रेम प्रसङ्ग देखाइएको छ भने चलचित्रको अन्तिम रहस्यमय रहेको कार्यकारी निर्माता ओलीले जानकारी दिनुभयो ।

Blog Post Ad


देशका विभिन्न चलचित्र भवनहरुका साथमा घोराहीको मनकाँशी सिनेमा हल र निमा चित्रालयमा आज शुक्रबारबाट चल्नेछ भने स्वर्गद्वारी लगायतका चलचित्र भवनमा आइतबार देखि प्रदर्शनमा आउनेछ । चलचित्र कुम्भ करणमा ‘कुटु कुटु यो मुटु खानेले’ बोलको चर्चित गीत रहेको छ ।

यो गीत प्यूठानमा छाँयाङकन गरिएको थियो । चलचित्रका प्रस्तोता दिपक ओलीले कुम्भ करण राम्रो चलचित्र बनेकाले हेर्नका लागि आग्रह गर्नुभएको छ । यस चलचित्रमा दाङका कलाकार कमल गाउँलेको पनि विशेष भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *