दाङमा घरको छतबाट खसेर मृत्यु

Advertise with us

तुलसीपुर, १७ जेठ ।


दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका—६ देउपुरका किशोर डाँगीको गएराती घरको छतबाट खसेर निधन भएको प्रहरीले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

घरको छतमा सुतेका डाँगी शौचालय जानेक्रममा छतबाट खसेर निधन भएको हो । घरको छतबाट खसेर गम्भिर घाइते भएका डाँगीको उपचारको क्रममा लमही अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।।