छोरालाई निजी बिद्यालयमा पढाउने शिक्षक निष्कासित


प्युठान, १७ जेठ ।
छोरालाई निजी बिद्यालयमा पढाएको भन्दै प्युठान माण्डबी गाउँपालिकाले सामुदायिक बिद्यालयकी एक शिक्षिकालाई निष्कासन गरेको छ । माण्डबी ५ बागेश्वरी माबिमा कार्यरत निजी स्रोतकी शिक्षिका गीता भट्टराईलाई गाउँपालिकाले निष्कासन गरेको हो ।

कक्षा ४ मा पढ्ने आफ्ना छोरालाई उहाँले स्थानीय एक निजी बिद्यालयमा पढाउँदै आउनुभएको थियो । गाउँपालिकाले सरकारी सेवा–सुबिधा लिने सबैका बालबालिका अनिबार्य रुपमा सामुदायिक बिद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

Blog Post Ad

निर्णयपछि गाउँपालिका अध्यक्ष, प्रधानाध्यापक लगायतले आफ्ना बालबालिका निजीबाट निकालेर सामुदायिक बिद्यालयमा भर्ना गरेका छन् । भट्टराईले भने सामुदायिक बिद्यालयमा छोरा भर्ना नगरेकाले निष्कासन गरिएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष टोपारामआचार्यले जानकारी दिनुभयो ।।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *