गर्मि बढेपछि पठनपाठन प्रभावित

शान्तिनगरका विद्यालय एक साता बन्द

तुलसीपुर, १७ जेठ/

दाङमा केहिदिन यता गर्मि बढ्दै जान थालेपछि विद्यालय केहिदिनका लागि बन्द भएका छन् । गर्मिका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको पढाई पनि प्रभावित भएको छ । बढ्दो गर्मिले विद्यालयमा विद्यार्थी बिरामी पर्ने गरेको, खानेपानीको अभाव देखिएको लगायतका कारण विद्यालय बन्द गर्नुपरेको स्थानीय सरकारले जनाएका छन् ।

Buddha International Hospital

गर्मिका कारण देखाउँदै केहिदिन अघि दाङमा संचालित निजि विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले आइतबार जेठ १९ गते सम्मका लागि विद्यालय बन्द गरेका छन् ।

Advertise with us

त्यसलगत्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाले पनि केहि दिनका लागि विद्यालय बन्द गरेका छन् । तुलसीपुरका सामुदायिक बिद्यालयहरु जेठ १५ गतेदेखि जेठ २० गतेसम्म बन्द गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देबराज बिश्वकर्माले जानकारी दिए । ‘गर्मि बढेपछि विद्यार्थीको पढाईमा असर पर्न थाल्यो, विद्यार्थी आउनै छोडे , अब केहि दिनका लागि विद्यालय बन्द गरेका छौँ’—उनले भने ।

यस्तै घोराही उपमहानगरपालिकाले गर्मीका कारण पढाईमा असर परेको भन्दै पाँच दिनका लागि बिद्यालय गरेको छ । गर्मिका कारण विद्यार्थी बिरामी पर्न थालेको र बिद्यालयमा उपस्थिति पनि न्यून हुदै गएपछि जेठ १६ गतेदेखि २१ गतेसम्म ५ दिन विद्यालय गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । गर्मी बढ्दै जाँदा पढाई प्रभावित भएका सूचनाहरु आएपछि बर्षे बिदा कटाउने गरी ५ दिन सरकारी विद्यालयहरु बन्द गरिएको उनले बताए ।

त्यसैगरी गर्मि बढेपछि शान्तिनगर गाँउपालिकाका निजि तथा सामुदायिक विद्यालय एक हप्ता बन्द हुने भएका छन् । गाँउपालिकाको शिक्षा शाखाले वर्षेविदा कटौति गर्ने गरी आजदेखि एकहप्ता सम्म संस्थागत तथा नीजि विद्यालय बन्द गर्ने भएको हो ।

गर्मिले विद्यालयमा खोनेपानीको अभाव भएको , विद्यार्थीहरु विरामी पर्न थालेको लगायतका समस्या देखिएको भन्दै शिक्षा शाखाले भोलिदेखि एकहप्ता सम्म गाँउपालिका भित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बढ्दो गर्मिका कारण विद्यार्थीलाई समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाका प्रमुख कमानसिंह डाँगीले बताए । ‘गर्मिले विद्यालयमा आउने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ भने आउने विद्यार्थीको पढाई पनि प्रभावित हुन पुगेकाले एक हप्ता विद्यालय बन्द गरिएको छ’ —उनले भने ।।

Advertise with us