महिलालाई अटो चलाउने तालिम

तुलसीपुर,१६ जेठ | अटो चलाएर महिलालाई आत्मनिर्भर बनाउन दंगिशरण गाँउपालिकामा १५ दिने अटो चलाउने तालिम शुरु भएको छ । गाँउपालिकाको महिला , बालबालिका तथा सामाजिक शाखाका आयोजनामा १५ दिने अटो चलाउने तालिम शुरु भएको हो ।

Buddha International Hospital

Advertise with us

गाँउपालिका भित्रका निम्न आय भएका तथा अटो चलाएर आत्मनिर्भर बनाउन अटो चलाउने तालिम प्रदान गरिएको महिला , बालबालिका तथा सामाजिक शाखाका प्रमुख गुप्ता अधिकारले जानकारी दिनुभयो । गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगीले अटो चलाएर तालिमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै अटो चलाउने तालिम महिलाका लागि फलदायि हुने बताउनुभयो । उहाँले सिपलाई व्यवहारमा कार्यान्वयन लैजान गाँउपालिकाले अटो किन्न नसक्ने महिलालाई अर्को आर्थिक वर्षमा केहि रकम उपलब्ध गराउने बताउनुभयो । तालिम लिन आउनुभएकी शर्मिला चौधरीले आफु अटो चलाएर आत्मनिर्भ बन्न तालिममा सहभागी भएको बताउनुभयो । तालिममका वडाका नौ जना महिलाका सहभागीता रहेको छ ।